'निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री'


प्रकाशित: २०७५-८-२१ गते
'निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री'

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद ड. डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दाबि गरेकी छन् । निर्मलाको न्यायका निम्ती अभियान चलाइरहेकी उनले साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरिन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले भनिन्—‘नेपालमा न्याय मर्यो, न्याय बिक्रि सक्यो,अपराधिहरु सिंहदरबारको सुरक्षाभित्रै  छन् ।’ मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउदै उनले असोज ११ इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन् ।

निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उनले बर्तमान ओली सरकार बादशाह, महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको समेत दाबि गरिन् । सरकारले न्याय नदिँदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता ब्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसँग ‘कि फाँसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाइन् ।







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..