नागढुंगा-नाैबीसे सुरुङ मार्ग ठेक्का चिनियाँलाई सुम्पिन मन्त्री महासेठको यस्तो हर्कत, प्रमले राजदुत भेटेपछि 'कायापलट'


नेपाल पाना प्रकाशित: २०७५-८-२२ गते
नागढुंगा-नाैबीसे सुरुङ मार्ग ठेक्का चिनियाँलाई सुम्पिन मन्त्री महासेठको यस्तो हर्कत, प्रमले राजदुत भेटेपछि 'कायापलट'

काठमाडाैं । दुई तिहाई सरकारका भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सत्ताको प्रयोग गर्दै नागढुंगा-नाैबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेका छन् । 

जापान सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको उक्त आयोजना चीनलाई सुम्पिन मन्त्री महासेठले यस्तो षडयन्त्र रचेका हुन् । ठेकेदार छनाैटको अन्तिम अन्तिम मूल्याङकन हुनै लाग्दा बुधबार उनले आयोजना प्रमुखलाई हटाएका हुन् ।

आयोजना प्रमुख सञजय श्रेष्ठलाई रातारात हटाएका मन्त्रीले ठेक्कासम्बन्धी फाइल समेत च्याम्बरमा बोलाएका छन् । मन्त्री महासेठले आफ्ने रोहबरमा फाइल अध्ययन गराएर चीनलाई ठेक्का दिन विभिन्न चाल चल्दे आएका छन् ।

सुरुङ मार्ग बनाउन जापान सरकारले ठेक्का पाउन सक्ने आँकलन गर्दै चिनियाँ राजदुतले प्रधानमन्त्री केपी सर्मा आेली समक्ष असन्तुष्टि पोखेपछि आगामी चार महिनापछिसेवानिवृत्त हुन लागेका प्रमुख श्रेष्ठलाई हटाइएको हो । 

आयोजनाको अध्ययन तथा विस्तृत प्रतिवेदन (डीपीआर) तयार गर्ने, जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउने र ठेक्कापट्टाका लागि सम्पूर्ण कार्य पूरा गरेर अन्तिम मूल्यांकन हुने बेला भएको छ । यतिखेर आयोजना प्रमुख हटाउनुलाई जापान सरकारले ‘गम्भीर षड्यन्त्र’ को रूपमा लिएको स्रोतले बतायो । नेपालका प्रमुख दातामध्ये जापान कुनै रणनीतिक स्वार्थ नभएको राष्ट्र हो।

जापानले यो आयोजनाका लागि करिब १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । यसमा १० वर्षसम्म ब्याज लाग्दैन र नेपाल सरकारले वार्षिक ०.०१ प्रतिशत ब्याजमा ४० वर्षभित्र ऋण तिरे पुग्छ । आयोजनाको जग्गा अधिग्रहण तथा मुआब्जाका लागि नेपाल सरकारले तीन अर्ब रुपैयाँ लगानी गर्दैछ ।

सुरुङ मार्गको लम्बाइ २.६८८ किलोमिटर छ। सुरुङको चौडाइ साढे नौ मिटर र उचाइ पाँच मिटर हुनेछ। ३.५ मिटरका दुई लेनको उक्त सुरुङमा १.५ मिटर चौडा इमर्जेन्सी ट्र्याक हुनेछ ।


‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’
‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको पनि दाबी गरेका छन् ।&nb..

वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग
वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार सञ्चालनबारे आलोपालो..

‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० का तर्फबाट सर्लाह क्षेत्र न‍.१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जन..

यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 
यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 

जनकपुर । प्रहरी प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर भएकाे छ । विमान तोडफोडमा संलग्न साहलाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्..