बहुमतको निर्णयले प्रधानमन्त्रीलाई झड्का, बामदेबको जवाफले प्रचण्ड खुशी हुँदा आेलीलाई तनाव किन ?


नेपाल पाना प्रकाशित: २०७५-८-२३ गते
बहुमतको निर्णयले प्रधानमन्त्रीलाई झड्का, बामदेबको जवाफले प्रचण्ड खुशी हुँदा आेलीलाई तनाव किन ?

​​​​काठमाडाैं । नेपाल कम्यिनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेब गाैतमले प्रधानमन्त्री केपी शर्मा आेलीको तानाशाही शैलीको अन्त्य गर्ने माैका आएको जनाएका छन् । 

नेकपाका शिर्ष नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेब गाैतम र नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिस्कार गर्दा समेत बहुमतको प्रयोग गरेर निर्णय आउनु तानाशाही शैलीको अन्त्य हुने लक्षण भएकाले सकारात्मक काम भएको जनाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सचिवालय बैठकमा आफ्नो अपमान हुनेगरि लामो समय कुराउने गरेको भन्दै निस्किएका नेताहरु दुबै अध्यक्षद्वयले फोन गर्दा समेत नगएको जनाएका छन् । बहुमतको प्रयोग गरेर आगामी २९ गते स्थायी कमिटिको बैठक बोलाउने निर्णय भएको छ । यसले पार्टीलाई गतिमा लिने विश्वास छ । यसअघि प्रधानमन्त्रीले समय निकाल्न सकिएन भन्दै स्थगित हुँने गरेको बैठक अब एकजना अध्यक्ष हुँदा चल्छ निर्णय हुन्छ । नेता गाैतमले आेलीलाई व्यङ्ग्य गर्दै कडा जवाफ फर्काएका छन् । 

तपाईहरु चार जना सिर्ष नेताहरु निस्किदा समेत निर्णय गरिएछ यसलाई मान्नुहुन्छ भन्ने प्रश्नमा नेता गाैतमले भनेका छन्, किन नमान्ने ? कोरम पुगेर गरेको निर्णय मानिन्छ नि । हाम्रै बारेमा या मेरै बारेमा पनि जे निर्णय बैठकले गरेको छ, त्यो मान्छु, तर निर्णय विधिवत् ढंगले गरिएको हुनुपर्छ । अबका दिनमा प्रधानमन्त्रीले समय निकाल्न सक्नुभएन भने बाहिर रहनुभएका अध्यक्षको नेतृत्वमा बैठक बस्छ, निर्णय गरिन्छ । हाम्रो उपस्थितिविनाको निर्णयले यो परम्परा बसालेकाले अब पार्टी सकारात्मक ढंगले अघि बढ्छ ।

तर, गाैतमको यस्तो भनाइले प्रचण्डले समेत आफू एक्लै कसरी निर्णय गराउने ठाँउमा पुग्न सक्छु भनेर चालेको रणनीति भएको भन्दै नेकपाको शिर्ष नेतृत्वमा गाइगुई हल्ला चल्न थालेको छ । यसअघि सचिवालय सदस्य आठ जना नै उपस्थित भएपनि प्रधानमन्त्री आेलीको अनुपस्थितिमा बैठक स्थगित हुँदै आएको थियो ।

चतुर खेलाडि प्रचण्डले विभिन्न किसिमका चालबाजीमा पारेर यस्तो गराउन सफल भएको भन्दै पूर्व माआेवादी वृत्तमा समेत चर्चाको विषय बनेको छ । 







‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..