माछो माछो भ्यागुतोः चोलेन्द्र श्रीमान संसदीय सुनुवाइ समितिबाट अस्विकृत भए के हुन्छ? दीपकराज जोशी यस्तो दाउ छोप्दै !


नेपाल पाना प्रकाशित: २०७५-८-२८ गते
माछो माछो भ्यागुतोः चोलेन्द्र श्रीमान संसदीय सुनुवाइ समितिबाट अस्विकृत भए के हुन्छ? दीपकराज जोशी यस्तो दाउ छोप्दै !

काठमाडाैं । नयाँ प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषद्ले सिफारिस गरेपछि दीपकराज जोशी छायाँमा परेका छन् । 

हाल सर्वोच्चमा बरिष्ठ न्यायाधीशको रुपमा न्याय सम्पादन गरिरहेका जोशीको नाम न्याय परिषद्ले सिफारिस गरेर पठाउदा कैफियत लेखेर पठाएको थियो । जोशी यसअघि प्रधानन्यायाधीश बन्नबाट संसदीय सुनुवाई समितिले अस्विकृत गरेपछि उनले केहिदिन घरमै बसेर आराम गरेका थिए ।  

जोशी भन्दा जुनियर दुई न्यायाधीश प्रधानन्यायाधीश बन्ने पक्कापक्की हुँदा जोशी भने चिल्लो हात बस्नु परेको छ । चित्तबुझ्दो जवाफ नदिएको र जोशीमा सर्वोच्च अदालतको नेतृत्व गर्ने क्षमता नभएको भन्दै नेपालको इतिहासमा पहिलो पटक अस्विकृत भएका जोशी पुनः बरिष्ठ न्यायाधीश नै बन्लान ? या उनी राजीनामा दिएर बस्लान ? यो भने नितान्त उनकै व्यक्तिगत विषय हुनेछ । 

विवादीत फैसला गर्ने मध्येका अर्का बादशाहलाई संसदीय सुनुवाई समितिले जोशीलाई जस्तै अस्विकार गर्ला? यस स्विकार गर्ला यो भने हेर्न बाँकी नै छ । तर, स्रोतका अनुसार शमशेर प्रधानन्यायाधीश बन्ने पक्कापक्की जस्तै भएको छ । 

शमशेरको न्यायालय प्रवेश नै अत्यन्तै विवादीत छ भने उनले गरेका कतिपय फैसला समेत हास्यास्पद देखिन्छन् । तासको म्यारिज खेल्ने जुवाडेबारे फैसलामा उनले म्यारिज खेल बाैद्धिक भएकाले यसलाई जुवा भनेर भन्न सकिदैन भनेर गरेको फैसलाले उनलाई व्यङ्ग्य गर्दै बाैद्धिक व्यक्तिको उपनाम समेत दिइएको थियो ।

बेन्च बहिस्कारदेखि विभिन्न विवादीत फैसला सुनाएका शमशेरलाई प्रधानन्ययाधीश बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सहजै सत्तारुढ दलको कुरा मानेपछि जोशीका अनेक प्रयासहरु विफल बन्न पुगेका थिए । 

जोशीले प्रधानन्यायाधीश बन्न विभिन्न केन्द्रहरुको सहारा लिएपनि अन्ततः उनको नाम सिफारिस हुन सकेन । तर, यो पछि जोशीले के गर्लान भन्ने कुरा भने अत्यन्तै चासोको विषय बन्न पुगेको छ । जोशीकासामू दुई विकल्प छन् । राजीनामा दिएर जाने वा फेरि बरिष्ठ न्यायाधीशको पगरी भिरेर जुनियरलाई नेतृत्व स्विकार गरेर सर्वोच्च आएर मुद्धा हेर्ने । 

स्रोतका अनुसार जोशीले प्रधानन्यायाधीश आोमप्रकाश मिश्रले बिदा लिएर बसेको खण्डमा विभिन्न मुद्धाको सुनुवाई गर्न आफ्नो नेतृत्वमा पेशी तोक्ने योजना बुनेपनि मिश्रले बिदा नलिने घोषणा गरेपछि निराश बन्न पुगेका छन् । 

यद्यपी चोलेन्द्र शमशेर राणालाई संसदीय सुनुवाई बिशेष समितिले अस्विकार गरेको खण्डमा भने सर्वोच्चमा प्रधानन्यायाधीश नै रिक्त हुनेछ । प्रधानन्यायाधीश बन्न सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको अनुभव अनिवार्य भनेकाले जोशी यसैको आशामा रहेका छन् । 

स्रोतले जनाएअनुसार चोलेन्द्रलाई समेत अस्विकार गरेर जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सुम्पिने तयारी रहेको छ । तर, विभिन्न शक्तिकेन्द्रको चलखेल व्याप्त भएमा यो विकल्प समेत नहुन सक्ने तर्क भने जिवितै छ ।  च


एकै पटक २३४ न्यायाधीश सरुवा
एकै पटक २३४ न्यायाधीश सरुवा

काठमाडौं । न्यायपरिषद्ले एकै पटक २३४ न्यायाधीश सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन्..

घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 
घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 

पोखरा । सडक डिभिजन कार्यालय दमौलीका अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । ..

अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...
अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । सुत्केरी हुन आएकी ३८ वर्षिय कल्पना तामाङको मृत्युपछि आफन्त..

लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ
लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध इन्जेक्सनसहित पर्सा बीरगञ्ज महानगरपालिका(१९ नगवा ६५ वर्षीय मोहन पटेल पक्राउ परेका छन् । तिघ्रामा बेरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध..