विषको बोत्तल बोकेर कुलप्रसाद किन पटक पटक तड्पाउँदैछन् गृहमन्त्री बादललाई ?


नेपाल पाना प्रकाशित: २०७५-८-२८ गते
विषको बोत्तल बोकेर कुलप्रसाद किन पटक पटक तड्पाउँदैछन् गृहमन्त्री बादललाई ?

काठमाडौं । सुसाइड नोट र बिषको बोत्तल बोकेर यतिबेला पूर्व जनमुक्ति सेनाका एक कमाण्डर गृहमन्त्री रामबहादुर थापा बादललाई चुनौती दिइरहेका छन् । उतिबेला मर्ने र मार्ने काशम खाएका जनमुक्ति सेना यतिबेला आफ्नै पूर्व योद्धा तथा सत्तासिन गृहमन्त्री बादलका सामुन्ने विष सेवन गर्न तम्तयार भएका छन् । 

सशस्त्र द्धन्द्धका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजे मन्त्री निवास पुल्चोक पुगेका थिए । केही दिन अघि गृहमन्त्रीकै कार्यकक्ष सिंहदरबारमा उनकै सामुन्ने बिष स्वन गरी उपचारपछि तंग्रिएका कुलप्रसादको झोलाबाट बिहीबार पनि सुरक्षाकर्मीले मेटासिट नामक र बिष र सुसाइड नोट फेला पर्यो । 
सरकारले घाइतेको उपचारका लागि गरेको सम्झैता पालना नगरेकाले आफु बिष सेवन गर्न बाध्य भएको उनको भनाई छ ।

कुलप्रसाद भन्छन्, सरकारले जनयुद्धका घाइतेको किन पीडा सुन्दैन भने बाँचेर के आर्थ ? सरकारले झुटो आश्वासन दियो, त्यही भएर मर्न खोजोको हुँ । 
प्रहरीले भट्टराइलाई नियन्त्रणमा लिएलगत्तै गृहमन्त्री थापाकहाँ सूचना पुगेको थियो ।

त्यसलगत्तै उनले भट्टराइलाई पनगरानी गर्न प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए । दिनभरी प्रहरी परिसरमा राखिएका उनलाई दिउँसो गृह मन्त्रालय लगिएको थियो । गृहमन्त्री नजिकैको कोठामा दुई घण्टा राखेर पठाइयो । 

२०५८ सालमा १३ वर्षको हुँदा माओवादीमा प्रवेश गरेका भट्टराई म्याग्दीको बेनी, कालिकोट, पिली र बर्दियाको गणेशपुर आक्रमणमा सहभागी थिए । 
युद्धमा घाइते भट्टराइको टाउकोको अघिल्लो भागमा गोलीका छर्रा छन् । केही महिनाअघि उनको दाहिने करङबाट तीन छर्रा निकालिएको थियो । 


‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा
‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनले अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिलाई माघ ९ गतेको राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ । प्रदेश २ मा ने..

नेकपामा नयाँ समीकरण, विद्या भण्डारीलाई प्रधानमन्त्री बनाउने तयारी, प्रचण्डलाई आपत
नेकपामा नयाँ समीकरण, विद्या भण्डारीलाई प्रधानमन्त्री बनाउने तयारी, प्रचण्डलाई आपत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा नयाँ समीकरण देखा परेको छ । सरकार, ब्युरोक्र्याट्स तथा पार्टीभित्र आफ्नो पकड क्षेत्र बलियो बनाउन लागि परेकी राष्ट्रपति विद्यादेवी..

१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !
१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकामा आतंकवादी हमला भएको आज ठीक १८ बर्ष पुगेको छ ।  त्यो बर्षको आजकै दिन संसारकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकालाई अन..

नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 
नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 

समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल र चीनका अधिकारीहरु ।  काठमाडौं । आर्थिक र भौतिक विकासमा उत्तरी छिमेकीको बलियो ब्याकअप खोजिरहेको नेपाल र चीनबीच सोमबार भएको तीन सम्झ..