झलनाथ खनालको आक्रोसः प्रधानमन्त्री ओली राजा महाराजा हो र ? कि सन्त महन्त हो ?


नेपाल पाना प्रकाशित: २०७५-८-२९ गते
झलनाथ खनालको आक्रोसः प्रधानमन्त्री ओली राजा महाराजा हो र ? कि सन्त महन्त हो ?

काठमाडाैं । नेपाल कमयुनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा आेलीको कार्यशैली सहि ढंगले गतिमा नगएको भन्दै आलोचना गरेका छन् ।

एक रेडियोलाई अन्तरवार्ता दिदै नेता खनालले भनेका छन्, पार्टी अध्यक्षलाई हामीले नै सरकारमा पठाएको हो । हाम्रो कुरा नसुन्ने, बैठक नबसाल्ने गर्नाले अराजकता निम्तियो । आज हुने बैठकमा यसबारे गम्भीर छलफल हुन्छ ।  

प्रधानमन्त्री आेलीको व्यवहारले आजित भएको जनाउदै आएका खनालले यस्तै अवस्था आएमा प्रधानमन्त्रीले पार्टी र सरकारबाटै नेतृत्व छाडेर जानुपर्ने चेतावनी दिएका छन् । नेता खनालले पार्टी र जनतालाई डुबाउन कुनैपनि हालतमा नदिने भन्दै आफू खरो ढंगले उत्रिने जनाएका छन् । 

तपाईँले प्रधानमन्त्रीका अगाडी सरकारको आलोचना गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा खनालले भनेका छन्, हामी प्रधानमन्त्रीका सामु दब्नुपर्ने कुनै जरुरी छैन । केपी ओली भनेको राजा महाराज हो र ? कि सन्त महन्त हो ? उहाँलाई हामीले नै अध्यक्ष र प्रधानमन्त्री बनाएको हो । दिएको जिम्मेवारी पूरा भयो कि भएन भनेर हामी निर्धक्कसँग बोल्न सक्छौँ ।


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति
नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति

म्यान्मार । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्र..

आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 
आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 

काठमाडौं । पश्चिमी वायुको प्रभावले वायुको प्रभावले आज देशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानु..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..