आगलागीले पार्यो सखाप, ६ घर खरानी, १० लाखको क्षति


नेपाल पाना प्रकाशित: २०७५-९-१ गते
आगलागीले पार्यो सखाप, ६ घर खरानी, १० लाखको क्षति

लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ ।
आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 
स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर निजको दुई घरका साथै छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेर नष्ट भएको हो । 

आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमति देवकुमारी दास घाइते भएको र उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंहले जानकारी दिए । आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक सिंहले बताए । 

घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीको मद्दतले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । 


सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु
सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु

कावासोती । सर्पको टोकाईबाट पूर्वी नवलपरासीको कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धीबहादुर थापाको मृत्यु भएको छ । सुरुमा सर्पले टोकेको भनेर पत्तो नभएकाले उनलाई..

करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु
करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु

सुनसरी । इटहरी उप-महानगरपालिका-१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । बिह..

विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 
विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 

काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।  केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थि..

२० वर्षीया युवती असईद्वारा बलात्कृत
२० वर्षीया युवती असईद्वारा बलात्कृत

रौतहट । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक ९असई० राजेन्द्र साह पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा साहलाई..