जागिर खोज्दै जनता, नास्टमा भने छैन पर्याप्त जनशक्ति 


नेपाल पाना प्रकाशित: २०७५-९-१ गते
जागिर खोज्दै जनता, नास्टमा भने छैन पर्याप्त जनशक्ति 

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा जनशक्ति अभावले सञ्चालित कार्यक्रम प्रभावित भएका छन् । नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त संस्थामा लामो समयदेखि नियुक्ति प्रक्रिया अबरुद्ध हुँदा कर्मचारीको अभाव भोग्नुपरेको हो । 

नास्टले केही वर्ष पहिलेदेखि शुरु गरेको भूकम्पीय सूचना प्रणाली कार्यक्रमका साथै सञ्चालन भइरहेका अरु कार्यक्रमका लागि पनि जनशक्तिको अभाव भइरहेको प्रविधि सङ्कायका प्रमुख इञ्जिनियर डा प्रसाद ढकालले बताए । प्रादेशिक संरचनाअनुसार हरेक प्रदेशमा एक÷एक शाखा खोल्ने लक्ष्य नास्टको छ । उनले भने “तर त्यसका लागि पर्याप्त जनशक्तिको खाँचो पर्छ ।” 

नास्ट आफैँले सेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्न नमिल्ने भएकाले पनि यहाँ कर्मचारीको अभाव भएको हो । लोकसेवा आयोगको प्रक्रिया बमोजिम कर्मचारी नियुक्ति गर्दा समय लाग्ने भएकाले पहिले नास्ट आफैँले करारमा कर्मचारी नियुक्ति गर्दै आएको थियो । प्रविधि सङ्कायमा अहिले झण्डै २५ कार्यरत छन् । 

बीस जनासम्म कर्मचारी थप भए काम गर्न सहज हुने उल्लेख गर्दै उनले एक त देशभरमा नै प्राविधिक जनशक्ति पर्याप्त नहुनु र भएका पनि अध्ययनका लागि विदेश जाँदा यहाँ जनशक्ति अभाव रहेको प्रमुख ढकालले बताए ।







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..