प्रचण्डतिर फर्किदै ओलीले भने, 'संविधानमा मिल्ने भए हामी दुबै प्रधानमन्त्री हुन्थ्यौ'


नेपाल पाना प्रकाशित: २०७५-९-१ गते
प्रचण्डतिर फर्किदै ओलीले भने, 'संविधानमा मिल्ने भए हामी दुबै प्रधानमन्त्री हुन्थ्यौ'

काठमाडौं । हाँसो, ठट्टा, उखान र टुक्का प्रहार गरी हँसाउन गर्न माहिर प्रधानमन्त्री तथा नेकपाका अध्यक्षक केपी शर्मा ओलीले संविधानमा मिल्ने भए प्रचण्ड र आफु दुबै जना एकै पटक देशको प्रधानमन्त्री बन्ने बताएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने बताए । उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको पनि बताए ।

ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाउँदै असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएकोमा आपत्ति जनाए । उनले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भइरहेको भन्दै आक्रोश पनि व्यक्त गरे ।


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति
नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति

म्यान्मार । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्र..

आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 
आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 

काठमाडौं । पश्चिमी वायुको प्रभावले वायुको प्रभावले आज देशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानु..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..