घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 


प्रकाशित: २०७५-९-१ गते
घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 

काठमाडौं । गत मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति सांसद योगेश भट्टराइले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम आफुले काठमाडौमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको र सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आफु आश्चर्यमा परेको सांसद भट्टराइले जनाएका छन् ।

प्रेस वक्तव्य जारी गर्दै उनले भनेका छन्, 'संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु' ।

'घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु' वक्तव्यमा उल्लेख छ ।
लामो राजनीतिक यात्रा तय गरेर हिँडेको आफु जस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने उनको प्रतिबद्धता छ ।







‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..