परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा


नेपाल पाना प्रकाशित: २०७५-९-१ गते
परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते  संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टनडिसीमा द्विपक्षीय वार्ता गर्ने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

पुस ३ गते नै परराष्ट्रसचिव शंकरदास वैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श बैठक गर्ने छन् ।

सचिव वैरागीले नेतृत्व गर्ने परामर्श बैठकका सदस्यमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय र वासिङ्टनडिसीस्थित नेपाली दूतावासका अधिकारी छन् । मन्त्री ज्ञवाली पुस ६ गते स्वदेश फर्किने छन् । 


‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’
‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फिर्ता भइसक्दा पनि विभिन्न संचारमा समाचारले प्राथमिकता पाइरहेको छ ।  नेपाली मिडियाले भ्रमणक..

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र..

मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड

कैलाली । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।  पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे ह..

सरकार यात्रामा अवरोध गरे खरानी हुन्छ : विप्लव (विज्ञप्तीसहित)
सरकार यात्रामा अवरोध गरे खरानी हुन्छ : विप्लव (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ती जारी गर्दै आफ्नो नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको भन्दै सरकारलाई कडा चेतावनी दिएका छन् ।  आफूह..