प्रचण्डलाई कमल थापाको प्रहारः ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र ?


नेपाल पाना प्रकाशित: २०७५-९-२ गते
प्रचण्डलाई कमल थापाको प्रहारः ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र ?

काठमाडौं । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केही दिन अगाडी दिएको अभिव्यक्तिलाई लक्षित गर्दै राप्रपा अध्यक्ष कमल थापाले उत्तर दिएका छन, 'राजा ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो' ?

केही दिन अघि राजा ज्ञानेन्द्र राजधानीको लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा पारिवारिक जमघटमा नाचेका थिए। उनी नाचेको भन्दै प्रचण्डले त्यसको विरोध गरेकामा कमल थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कैलालीको धनगढीमा प्रदेश नं. ७ का पार्टीका प्रदेशस्तरीय कार्यक्रर्तालाई आइतबार प्रशिक्षण दिने क्रममा थापाले भने, ‘राजा व्यक्तिगत एवं पारिवारिक जीवनसँग सम्बन्धित समारोहमा नाचेको घटनालाई लिएर शीर्ष तहको नेताबाट जुन ढंगले अभिव्यक्ति आएको छ यो कमजोर र हतास मानसिकताको उपज हो । गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुन्छ । थापाले प्रचण्डले राजाको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप समेत लगाए।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..