'सभापतिलाई अधिकार नदिने हो भने काँग्रेसभित्र अराजकता बढ्छ'


नेपाल पाना प्रकाशित: २०७५-९-४ गते
'सभापतिलाई अधिकार नदिने हो भने काँग्रेसभित्र अराजकता बढ्छ'

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्यहरुले पार्टी सभापतिलाई अधिकार नदिने हो भने पार्टीभित्र अराजकता बढ्ने  बताएका छन् । 

राजधानीमा जारी महासमिति बैठकमा विधान संशोधनको विषयमा विभिन्न थरीका कुरा भैरहेका बेला जिल्ला तहका नेताहरूले सभापतिलाई अधिकार नदिने हो भने पार्टीमा संगठन गर्न समस्या हुने बताएका हुन । उनीहरूको केन्द्रीय र जिल्ला सभापतिहरूलाई अधिकार दिनै जिकिर रहेको । सभापतिलाई अधिकार नहुने हो भने पार्टीभित्र अराजकता निम्तिने उनीहरूले चेतावनी दिएका छन ।

कांग्रेसका महासमिति सदस्य एवं पूर्व सांसद राजु खनालले सभापतिलाई अधिकार दिनुपर्ने बताए । सभापतिलाई पदाधिकारी र सदस्यहरू मनोनीत गर्ने अधिकार नदिने हो भने कांग्रेसको संगठन बनाउन झन समस्या हुने उनको धारणा छ । खनालले निश्चित उमेर समूहका युवाहरूलाई पनि आरक्षण दिनुपर्ने बताए ।
्त्यसैगरी दाङ कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खडकाले राजनीतिक दलमा उमेर हदको कुरा आवश्यक नहुने बताए । उनले कांग्रेस पार्टीलाई बनाउन युवादेखि वृद्ध सबैको योगदान रहेको बताए । उनले सभापतिलाई अधिकार दिनुपर्ने सुझाव दिए । कांग्रेसमा सभापतिको अधिकार कटौती गर्ने हो भने त्यसले संगठन बनाउन समस्या हुने खडकाले बताए ।

कांग्रेसका नेता एवं महासमिति सदस्य योगेन्द्र चौधरीले पनि केन्द्रीय अध्यक्षसहित जिल्लासम्मलाई अधिकार दिनुपर्ने बताए । उनले भने, ‘सभापतिलाई अधिकार दिनुपर्छ । अधिकार नदिने हो पार्टीभित्र अराजकता पनि निम्तिन सक्छ ।’ कांग्रेसका सांसद एवं महासमिति बैठकका पर्यवेक्षक अभिषेक प्रताप शाहले पार्टी सभापतिलाई अधिकार दिनुपर्ने बताए ।

कांग्रेसका महासमिति सदस्य गणेशबहादुर विष्टले कांग्रेसभित्र उमेर हद आवश्यक नरहेको बताए । गिरिजाप्रसाद कोइरालालाई काम गर्न उमेरले छेकेको थियो र ? प्रश्न गर्दै विष्टले भने, ‘उमेर भनेका कुरा मिठा र चिल्ला मात्रै हुन । उमेर हद लागू गर्नु आवश्यक छैन ।’ उनले सभापतिलाई अधिकार दिनुपर्ने बताए । 







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..