ओलीका सजायस्थल बन्यो धुम्बाराही


नेपाल पाना प्रकाशित: २०७५-९-४ गते
ओलीका सजायस्थल बन्यो धुम्बाराही

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई आफ्नै गुटका नेताहरुले पनि बचाउ गर्न सकेका छैनन् । ओलीको बचाउ गरे पनि असन्तुष्ट समूहको आलोचनाका अगाडि केही सिप लागेको छैन ।

बुधबाबर बिहान बसेको स्थायी समितिको बैठकमा पनि नेताहरुले आलोचना गर्न नछाडेपछि अध्यक्ष ओली चिन्तित बनेको एक नेताले बताए । नाम उल्लेख नगर्ने सर्तमा भने, ‘प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीज्यूलाई पार्टी कार्यालय धुमबाबराही सजायस्थल जस्तै बनेको छ । बिहान आउनु हुन्छ । बैठकमा आलोचना सुन्नु हुन्छ । त्यसपछि जानु हुन्छ ।’

नेकपाको स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले ओलीको कार्यशैलीको आलोचना गरेका हुन् । उनीहरुले भ्रष्ट व्यक्तिलाई नेपाल टेलिकमको महानिर्देशक नियुक्त गरेको भन्दै आलोचना गरे । ओलीकै ठाडो प्रस्तावमा टेलिकमको महानिर्देशकमा दिगम्बर झालाई नियुक्त गरिएको थियो ।

झालाई नियुक्त गर्नु अगाडि प्रधानमन्त्री ओलीले झालाई अनियमितताको अभियोग लगाउँदै पदबाट हटाएका थिए । ओलीले पछि आफैले झालाई नियुक्त गरे ।

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले काठमाडौंमा सम्पन्न क्रिश्चियन धर्म प्रचार संस्थाको एसिया प्यासिफिक सम्मेलनमा पार्टी र सरकारको संलग्नता गराएको भनेर आलोचना भएको थियो ।

स्थायी समिति सदस्य लेखराज भट्टले दूरसञ्चार प्राधिकरणमा दीगम्बर झालाई गरिएको नियुक्तिमा प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए । उनले झा भ्रष्ट छविको व्यक्ति रहेको बताए । उनले किन र कुन आधारमा झालाई नियुक्ति गरिएको हो भन्दै ओलीसँग जवाफ माग गरेको स्रोतले जनाएको छ । 

भट्ट वाणिज्य तथा आपूर्तिमन्त्री भएका बेला दिगम्बर झाले घुसको प्रस्ताव गरेको उनले बताए । ‘त्यसैबेला झा ठीक छैनन् भन्ने बुझेर मैले मतलब नै गरिनँ, उनको प्रस्ताव ठाडै अस्वीकार गरे’, उनले भने, ‘यो कुरा त्यसवेला मैले अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराएको थिएँ ।’

स्थायी समिति सदस्य रघुजी पन्तले नेताहरुलाई दिइँदै आएको दोहोरो जिम्मेवारी हटाउन माग गरेका थिए । पन्तले भने, ‘एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीको सहभागिताबारे जनतामा आत्मआलोचना गरेर अघि बढ्नुपर्छ ।’

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी नेतृत्व, कार्य्दिशा र कार्यक्रममै अल्झिरहेको भन्दै गुनासो गरे । ‘हामी समाजवाद निर्माणको बाटोमा अघि बढ्ने हो फेरि जनवादी क्रान्ति गर्ने होइन । सरकार दलाल पुँजीपतिको प्रभावमा परिरहेको छ । प्रयोग नेताहरु भएका छन् र फाइदा दलाल पुँजीपतिहरुले लिइरहेका छन् । त्यसलाई नियन्त्रण गरिनुपर्छ’, पाण्डेले भनेका छन् ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..