शंकर पोखरेललाई मुख्यमन्त्री पद मन परेन, राजीनामा दिन प्रस्ताव


नेपाल पाना प्रकाशित: २०७५-९-४ गते
शंकर पोखरेललाई मुख्यमन्त्री पद मन परेन, राजीनामा दिन प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृष्णबहादुर महराका कारण प्रदेश सभामा जान बाध्य भएको गुनासो गरेका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको स्थायी समितिको बैठकमा पोखरेलले दुई अध्यक्षका कारण आफू प्रदेश सभामा झर्नु परेको गुनासो गरेका हुन् । स्रोतका अनुसार पोखरेलले पार्टीको नेतृत्व नछाड्ने तर मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार रहेको बताएको स्रोतले जनाएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली निकटका मानिने पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्री र नेकपाको प्रदेश संयोजक बनाइएको छ । पोखरेललाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेकपाभित्र आलोचना हुँदै आएको छ ।

पोखरेलले भनेका थिए, ‘राजनीतिक जिम्मेवारी छड्दिँन, मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’

पोखरेलले आफूले प्रदेशसभामा जान नचाहेको तर, कृष्णबहादुर महरालाई दाङमा उम्मेदवार बनाउनुपर्ने भयो भनेर केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा बाध्यताले मात्र प्रदेश सभामा गएको गुनासो गरेका थिए । राजनीतिक जिम्मेवारी दिने बचन दुबै अध्यक्षले आफूलाई दिएको पोखरेल बैठकमा धारणा राखेको एकजना नेताले बताए ।

बुधबार बसेको स्थायी समिति बैठकमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पोखरेललाई जवाफ दिँदै साइकोलोजी ब्ल्याकमेलिङ गरेको आरोप लगाएको अनलाइन खबर डटकमले समाचारमा जनाएको छ ।

दुबै अध्यक्षले भनेको भन्दै पोखरेलले ‘साइकोलोजिकल ब्लाकमेलिङ’ गरेर बैठकलाई प्रभावित पार्न खोजेको त होइन भन्ने पाण्डेको आशंका थियो ।
पाण्डेले भने, ‘अध्यक्ष केपी ओलीले योगेशजीलाई मन्त्री बनाउँछु  भनेर सार्वजनिक रुपमा भनेको होइन । त्यो त केही भएन । बन्द कोठाभित्र के के भयो के ?’







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..