कोटेश्वर–कलङ्की सडक हस्तान्तरणको टुङ्गो लागेन


रासस प्रकाशित: २०७५-९-६ गते
कोटेश्वर–कलङ्की सडक हस्तान्तरणको टुङ्गो लागेन

ललितपुर। कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । 

सडक निर्माणको काम तोकिएको समयमा सकिएको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो । चीन सरकारको सहयोगमा निर्माण भएको सडकको ठेक्का सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । पछिल्लो पटक थप भएको म्याद (१५ डिसेम्बर) मा काम सकिएको समूहले जनाएको छ । 

चार वर्ष पहिले ४० महीनामा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा एकवर्ष काम ठप्प भएको थियो । सरकारले पछिल्लो पटक एक वर्ष थपेपछि थपिएको अवधिमा काम सकिएको हो । उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीले लिएको जिम्मेवारी पूरा गरेर फर्किसक्यो तर औपचारिक रुपमा हस्तान्तरणको टुङ्गो लाग्न बाँकी छ ।” 

नेपालको पहिलो आठ लेन सडक र पहिलो पटक ‘अण्डर पास’ सडक भएकाले यसलाई चासोका साथ हेरिएको थियो । सडकको निर्माण र त्यसपछि सडक चिन्ह गरेर ठेकेदार कम्पनीले तोकिएको जिम्मेवारी पूरा गरिसकेको छ । 

सडक निर्माण सम्पन्न हुनासाथ चिनियाँ सरकारले नै कलङ्कीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा चासो देखाएको छ । यो खण्डको सडक विभागले विस्तृत परियोजना अध्ययन गरिसकेको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुरु भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्ष..

सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप
सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप

सिमरा । इलाका प्रहरी कार्यालय बोदे वरसाइनका विरुद्ध नाराजुलुस गर्दै सप्तरीका व्यवसायी आन्दोलनमा उत्रेका छन् । प्रहरीले दुःख दिएको भन्दै व्यवसायीले आइतबार जिल्ला बन्दको आवहा..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना
आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना

काठमाडौं । रोकिएको मनसुन फेरि सक्रिय हुन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको छ ।  विशेषगरी काठमाडौं..