मनमोहनभन्दा पनि ओली सफल प्रधानमन्त्री भएको ईश्वर पोखरेलको दाबी


नेपाल पाना प्रकाशित: २०७५-९-६ गते
मनमोहनभन्दा पनि ओली सफल प्रधानमन्त्री भएको ईश्वर पोखरेलको दाबी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा आज ७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । आज बोल्ने अधिकांश नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा असहमति राखेका थिए ।

तर, उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका नेता ईश्वर पोखरेलले भने प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका थिए । उनले नेपालको ईतिहाँसमा कम्युनिष्ट सरकारका प्रधानमन्त्रीमध्ये ओली नै सफल प्रधानमन्त्री भएको दाबी समेत गरेका थिए । उनले मनमोहन अधिकारीको सरकारभन्दापनि वर्तमान सरकार सफल भएको जिकिर गरेको एक नेताले जानकारी दिए ।

अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले आफ्ना धारणा राख्नेक्रम जारी छ । शुक्रबारको बैठकमा नेता अमिक शेरचनले ओलीको विरुद्धमा आफ्नो धारणा राखेका थिए ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..