कांग्रेससँग जोरी खोज्ने सुशीला कार्कीलाई झड्का, अदालतमा सभापति देउवाको जित


नेपाल पाना प्रकाशित: २०७५-९-६ गते
कांग्रेससँग जोरी खोज्ने सुशीला कार्कीलाई झड्का, अदालतमा सभापति देउवाको जित

काठमाडौं– प्रहरी महानिरीक्षक नियुक्त प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वाेच्च अदालतले खारेज गरेको छ। यो फैसलासँगै सरकारले नियुक्त गरेको आइजिपीको जागिर खोस्ने तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई झड्का लागेको छ। अन्नतः सभापति देउवाले गरेको निर्णय सहि रहेको निष्कर्ष अदालतको फैसलाले स्पष्ट पारेको छ। 

शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाली कांग्रेस र सभापति देउवाविरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदन खारेज गर्ने फैसला सुनाएको हो।

अधिवक्ता हरि मैनालीले आइजिपी नियुक्तीमा तत्कालिन सत्तारुढ दल कांग्रेसको केन्द्रीय समितिले अदालतको अवहेलना गर्नेगरी निर्णय गरेको भन्दै पार्टी र सभापति देउवालाई विपक्षी बनाई २०७३ साल चैतमा सर्वाेचमा रिट दायर गरेका थिए। 

सरकारले जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेको थियो। चन्दको नियुक्ति तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले बदर गरेपछि कांग्रेसले कार्यपालिकाको क्षेत्राधिकारमा अदालतबाट हस्तक्षेप भएको निष्कर्ष निकालेको थियो।


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..