अदालतले रोक्यो, धरौटी जफतको निर्णय


रासस प्रकाशित: २०७५-९-७ गते
अदालतले रोक्यो, धरौटी जफतको निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको उल्लेख गर्दै धरौटीको रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

सिएमसीका तर्फबाट दायर भएको रिट निवेदनमा आज सुनुवाइ गर्दै आइतबारसम्म धरौटी जफत गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार गुरुङको इजलासले आदेश जारी गरेको हो । 

उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालका अनुसार आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको र धरौटी जफत गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन गर्न रोक लगाइएको छ । 

सिएमसीले मेलम्ची खानेपानी आयोजनालाई करीब दुई हप्ताअघि नै सम्झौता रद्द गर्ने सूचना दिएको थियो । गत आइतबार कम्पनीका कर्मचारीले भाग्ने तयारी गरेपछि सरकारले आठ जनाको राहदानी खोसेको थियो । 

प्रेरणाको पुनरावलोकन निवेदन 

पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले दाइजोमा पाएको जग्गा नेपाल ट्रष्टलाई दिने फैसलामा असन्तुष्टि जनाउँदै पुनरावलोकनका लागि सर्वोच्च अदालतलको संवैधानिक इजलासमा निवेदन दर्ता गराउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रष्टको कार्यालय लगायतलाई विपक्षी बनाइ दर्ता गरिएको निवेदनमा आफ्नो मौलिक हकको हनन् हुने गरी फैसला भएको उल्लेख छ ।


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..