कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा बोक्ने भएपछि नेकपामा रुवाबासी, प्रचण्डले आत्तिँदै के भने?


नेपाल पाना प्रकाशित: २०७५-९-७ गते
कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा बोक्ने भएपछि नेकपामा रुवाबासी, प्रचण्डले आत्तिँदै के भने?

काठमाडौं । नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहसले चर्काे रुप लिइरहेका बेला सत्तारुढ नेकपामा भने चिन्ता सुरु भएको छ। कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा उठाइहाल्छ कि भन्ने चिन्ता नेकपाका शीर्ष नेतामा देखिएको छ। अझै पनि नेपालमा हिन्दू राष्ट्रको माग ताजै छ। बहुसंख्यक नागरिक हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा छन्। जबरजस्ती लादिएको धर्मनिरपेक्षताको विपक्षमा उनीहरु देखिन्छन्। तथ्यांकअनुसार धर्म निरपेक्ष भएपछि देशमा क्रिश्चियानिटी बढ्दो छ।

अहिलेसम्म १२ लाख प्रलोभन र बाध्यतामा परेर क्रिश्चियन धर्म अंगाल्न पुगेका छन्। यो क्रम निरन्तर चिलरहेको छ। यस्तो बेला हिन्दू धर्मावलम्बी हिन्दू राष्ट्र वा धार्मिक स्वतन्त्रता चाहन्छन्। बहुसंख्यक जनताको चाहना सम्बोधन हुनेगरी कांग्रेसमा हिन्दू राष्ट्रको बहस सुरु भएपछि नेकपाका नेताहरु आत्तिएका हुन्। समृद्धिको गफ दिएर सत्तामा पुगेका उनीहरुका लागि हिन्दू राष्ट्रको मुद्दा टाउको दुखाईको विषय बनेको छ। यस्तो बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डले कांग्रेसको कदमप्रति चिन्ता व्यक्त गर्दै आपत्ति समेत जनाएका छन्। 

अध्यक्ष प्रचण्डले शनिवार आयोजित सार्वजनिक कार्यक्रममै कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा असन्तुष्टि जनाए। यसमा पनि नेकपा यो एजेण्डासँग तर्सिएको प्रष्ट भएको छ। 

प्रचण्डले हिन्दू राष्ट्रको मुद्दालाई अतिवाद भनेर टिप्पणी गरेका छन्। उनले बीपी समेत यो मुद्दाको पक्षमा नरहेको दाबी गरेका छन्। गिरिजाप्रसाद कोइराला कसरी धर्मनिरपेक्षताको पक्षमा उभिएका थिए भनेर सोच्न पनि उनले आग्रह गरेका छन् । तर कांग्रेसका बहुमत महासमिति सदस्य हिन्दू राष्ट्रको पक्षमा उभिइसकेका छन्। नेतृत्व यो एजेण्डा अगाडि बढाउनुपर्ने दबाबमा परेको छ। 

प्रचण्डले कम्युनिस्टले राज्यलाई धर्मबाट अलग गर्न चाहेको बताउँदै बीपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न नसुहाउने तर्क गरेका छन्।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..