राष्ट्रिय सुरक्षामा खतरा उत्पनन गर्दै मदरसा सम्बन्धित विद्येयक 


नेपाल पाना प्रकाशित: २०७५-९-९ गते
राष्ट्रिय सुरक्षामा खतरा उत्पनन गर्दै मदरसा सम्बन्धित  विद्येयक 

जनकपुर । प्रदेश २ को सरकारले ल्याउन खोजेको मदरसा सम्वन्धि एक विद्येयक बिवादास्पद बनेको छ । यस विद्येयकले प्रदेश २ का आठ जिल्लाका मुस्लिम बालबालिकाका लागि मदरसा खोल्न वैदेशिक सहयोग ग्रहण गर्ने एउटा संस्था स्थापना गर्ने अबधारणा ल्याएको छ । 

उक्त विद्येयकमा एउटा यस्तो मदरसा शिक्षा बोर्ड स्थापनाको परिकल्पना गरिएको छ जसले कुनै पनि स्वदेशी अथवा विदेश व्यक्ति वा संघसंस्थाबाट उपहार वा दान स्वरुप मदरसाका लागि आर्थिक सहयोगको खोजी गरी भित्र्याउन सकिनेछ । तर उक्त विद्येयक कानुन सम्बत नुहने तथा राष्ट्रिय सुरक्षामा पनि गम्भिर असर पार्ने भन्दै चौतर्फी विरोध गरिएको छ । नेपालको कानुनअनुसार कुनै पनि गैर–सरकारी संस्थाले विदेशी दान ल्याउनुभन्दा पहिले संद्यीय सरकारको स्वीकृती लिनुपर्ने हुन्छ तर सो विद्येयकले त्यस किसिमको आवश्यक कानुनलाई उल्लंधन गर्न खोजेको देखिन्छ । नेपालमा भने पहिले देखी नै विदेशी दान, खागसरी पश्चिमा दानकोे माध्यमबाट थुपैै धार्मिक संघसंस्थाहरुले आफ्नो स्वास्र्थ साँधेको तथा धर्म प्रचार गरेको इतिहास रहेको छ ।    

अझ महत्वपुर्ण यो छ की यस विद्येयकले राष्ट्रीय सुरुक्षामा पनि गभ्भिर आँच पुर्याउने देखिन्छ । देशमा हाल कुल ९०७ बटा मदरसाहरु सरकारी निकायमा दर्ता छन् । तर बास्तवमा यो संख्या बास्तबिकताभन्दा निकै कम हो । मुस्लिम संघसंस्थाकाअनुसार देशमा हाल करीब २ हजार मदरसाहरु सञ्चालनमा छ । यस मामिलामा अध्ययनरत त्रिभुवन विश्वविद्यालयसम्बद्ध एक जना अध्येता जाहिद परवेज नेपालमा मदरसाहरुको संख्या करीब ४ हजार रहेको बताउछन् । 

यी मदरसाहरुले मुख्यगरी साउदी अरेबिया, कुवेत र पाकिस्तानबाट आउने दानहरुबारे ्पारदर्शी रुपले बताउन सिधासिधा अस्विकार गर्ने गरेका छन् । धेरैजसो मदरसा नेपाल–भारत सिमा नजिकै अवस्थित छन् । दुई तिहाईभन्दा बढी मुस्लिम जनसंख्या पनि यसै क्षेत्रमा बसोबास गर्ने गर्दछन् । यी मदरसाहरुले कट्टरपंथलाई बढावा दिने तथा आपराधिक मानसिकता पनि बढाउने गरेको कतिपयले आरोप लगाउने गरेका छन् । जमाते इस्लामी र इस्लामिक संघ नेपालजस्ता संघसंस्थाहरुले भुटा, अहले, पचेरा, तामघाँस, खैरेनी, बिराटनगर तथा पोखरालगायतका क्षेत्रमा रहेका मदरसालाई आतंकवादीहरु लुकाउने, उनीहरुलाई आर्थिक सहयोग गर्ने तथा खुल्ला सिमानाको फाईदा उठाउदै घुसपैठ गर्ने कार्यमा सघाउने केन्द्रको रुपमा प्रयोग गर्ने गरिएको आंशका गरिन्छ । मदरसाहरुलाई भारतविरोधी धारणाहरु फैलाउन पनि प्रयोग गर्ने गरिन्छ । सिमा नजिक हुनुको फाईदा उठाउदै साना हातहतियार, लागुपदार्थ तथा नक्कली नोटहरुको पनि तस्करी गर्ने गरिएको बताइएको छ । स्रोतका अनुसार यी क्रियाक्लापहरुमा पाकिस्तानी जासुसी संस्था ९आईएसआई० तथा काठमाडौंस्थित पाकिस्तानी कुटनीतीज्ञहरुको पनि संलग्नता हुने गरेको यथेष्ट प्रमाणहरु पनि फेला परेका छन् । थुप्रै  मदरसाहरुले शिक्षा तथा कल्याणकारी कार्यक्रमहरुको नाम मुस्लिम समुदायलाई गलत कार्यका फसाउने गरेको पनि स्रोतको दाबी छ । 

यस्तो अबस्थामा मदरसामा अनियन्त्रित तबरले साउदी अरब तथा अन्य गल्फ मुलूकहरुबाट आर्थिक सहयोग ल्याइदै गलत कार्यहरुलाई थप बल प्रदान गर्नेछ । मदरसाहरु भएको क्षेत्रमा स्थानीय साझेदार हिमालयन बैंकमार्फत आफ्नो सञ्जाल विस्तार गरेको हबिब बैंकजस्ता साउदी अरेबियन तथा पाकिस्तानी बैंकहरुको शाखाले गैर–कानुनी क्रियाक्लापहरुको सहयोग लागि कालो धनको जोहो गर्ने गरेको पनि स्रोतले दाबी गरेको छ । 

यद्यपि मदरसासम्वन्धि उक्त विद्येयकलाई प्रदेश २ को सरकारले संसोधनको लागि फिर्ता लिएको छ तर सरकारले भने सो विद्येयक फेरि प्रस्तुत गर्ने प्रष्ट पारिसकेको छ । 

प्रदेश २ को सरकारले प्रस्ताव गरेरकोे विद्येयक लागु हुँदा त्यसले राष्ट्रीय सुरक्षामा गभ्भिर असर पार्ने कुरालाई भने नकार्न सकिदैन् । नेपाली भूमिलाई छिमेकीहरु विरुद्ध पनि पटक–पटक प्रयोग गरिएको दृष्टांत रहेको छ । यसले विद्येयकले गर्दा नेपालको राष्ट्रीय सुरक्षा सञ्जालमा थप जोखिम उत्पन्न गर्ने खतरा देखिएको छ ।  हालसम्म भने काठमाडौंद्धारा विदेशी पैसा ल्याउन बन्द गर्ने कार्यमा कुनै ठोस कदम चालेको देखिदैन तर नेपालको राजनीतिक संस्थापनले क्षणिक राजनैतिक स्वास्र्थहरुलाई त्यागेर राष्ट्रिय सुरक्षामा गभ्मिर हुनुपर्ने आवश्यकता देखिन्छ ।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..