ओली आफ्नै दलभित्र अल्पमतमा, प्रचण्ड खुसी (नेताहरुको नामसहित)


नेपाल पाना प्रकाशित: २०७५-९-९ गते
ओली आफ्नै दलभित्र अल्पमतमा, प्रचण्ड खुसी (नेताहरुको नामसहित)

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका केपी ओलीको पार्टीभित्रको कार्यसम्पादन र सरकार चलाउन नसकेको भनेर आलोचना बढेका बेला स्थायी समिति सदस्यहरु विभिन्न समूहमा विभाजित भएका छन् ।

स्थायी समिति बैठकमा माधवकुमार नेपाल निकटका भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसालगायतका नेताहरूले पार्टी, सरकार सञ्चालन पद्धति र गुटबन्दीको चर्को विरोध गर्ने अभियानको नेतृत्व गरेका छन् । विवाद र विरोध भएपछि स्थायी समितिको बैठकलाई ओलीले केही दिनका लागि रोकेका छन् ।

उनीहरूकै शैली पछ्याउँदै रघुजी पन्त, भीम आचार्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाह, टोपबहादुर रायमाझी, मुकुन्द न्यौपाने, अमृत बोहरा, अमिक शेरचन, पेशल खतिवडा, लेखराज भट्टलगायतले पनि विधि, प्रक्रिया र मापदण्डका आधारमा पार्टी सञ्चालन गर्नुपर्ने तथा पार्टीले सरकार सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् । 

सचिवालय सदस्य श्रेष्ठनिकट गिरिराजमणि पोखरेलले पनि विधि, प्रक्रिया र मापदण्डअनुसार पार्टी सञ्चालन हुनुपर्ने धारणा राखेका छन् । शिक्षामन्त्रीसमेत रहेका उनले सरकारको प्रतिरक्षा पनि खासै गरेनन् । 

सरकारको महत्वपूर्ण  जिम्मेवारीमा रहेका अध्यक्ष ओली निकट पृथ्बीसुब्बा गुरुङ, शंकर पोखरेल, विष्णु रिमाललगायतले बैठकमा सरकारको प्रतिरक्षाको नेतृत्व गरेका छन् । 

तिनै नेताहरूले आत्मनिन्दा गरेर पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न चेतावनी मात्र दिएनन्, वस्तुसंगत तथ्यका आधारमा बहसमा आउन चुनौतीसमेत दिए । पोखरेलले मुख्यमन्त्रीको राजकीय जिम्मेवारीबाट मुक्त हुन तयार रहेको, तर पार्टीको जिम्मेवारीबाट मुक्त नहुने भन्दै नेपाल समूहका नेताहरूलाई चुनौती दिए ।

सुभाष नेम्बाङ, किरण गुरुङ, गोकर्ण विष्ट, चक्रपाणि खनाल, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, वर्षमान पुन, मातृका यादव, रघुवीर महासेठ, सत्यनारायण मण्डल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेतले कतिपय कमजोरी औँल्याए पनि मूलतः सरकार र पार्टी नेतृत्वकै प्रतिरक्षा गरेका छन् । 

पम्फा भुसाल, देव गुरुङ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतले मध्यमार्गी धारणा राखे । पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने नेताहरूले आलोचना मध्यमार्गी धारणा राखेको स्रोतले जनाएको छ ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..