राजपा अध्यक्ष मण्डललाई प्रधानमन्त्री ओलीले यसकारण बोलाए बालुवाटार !


नेपाल पाना प्रकाशित: २०७५-९-१० गते
राजपा अध्यक्ष मण्डललाई प्रधानमन्त्री ओलीले यसकारण बोलाए बालुवाटार !

काठमाडौँ । वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेकाराष्ट्रीय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डल लाई आज प्रधानमंत्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

आज बिहान १० बजे प्रधानमंत्री निवासमा हुने बैठकमा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न प्रधानमंत्री ओलीले राजपाका अध्यक्ष मण्डललाई आग्रह गरिने बालुवाटार स्रोतले जनाएको छ। 

संविधान संशोधन सहित विभिन्न मांग राखि नेकपा नेतृत्वको सरकारलाई राजपा नेपालले मुद्दाको आधारमा‌ बाहिरबाट समर्थन गरि रहेको छ। तर, सरकार गठन भएको एक वर्ष हुनै लाग्दा पनि अहिले सम्म कुनै मांग प्रति सरकारले चासो लिएको छैन। दुई तिहाई बहुमतले बनेको सरकारले आफूहरूको मांग बेवास्ता गर्ने नीति अख्तियार गरेको कुरा बुझे पछि सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको राजपाका शीर्ष नेताहरू बताउँछन् । 

आजको बैठकबारे पुष्टि गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमंत्रीले छलफल गर्न बोलाएको भन्दै राजपा अध्यक्ष मण्डलका सबैजना आज बालुवाटार जान लागेको बताए। प्रधानमंत्रीसंगको भेटघाट लगत्तै आज १ बजे पार्टी मुख्यालयमा‌ अध्यक्ष मण्डलको बैठक समेत बस्ने महतोले जानकारी गराएका छन् ।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..