नेकपा नेताहरुविरुद्ध सर्वाेच्चमा मुद्दा? ओली–प्रचण्ड डराए


नेपाल पाना प्रकाशित: २०७५-९-१२ गते
नेकपा नेताहरुविरुद्ध सर्वाेच्चमा मुद्दा? ओली–प्रचण्ड डराए

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुविरुद्ध अदालतमा मुद्दा हाल्ने घोषणा गरेका छन्। बुधवार पदबाट राजीनामा दिएका झाले त्यसअघि पत्रकार सम्मेलन गरेर नेकपाका नेताहरुले आफ्नो मानहानी गरेको भन्दै अदालत जाने चेतावनी दिएका हुन्।

झा भ्रष्टाचारी भएको आरोप लगाउँदै नेकपाका ४३ केन्द्रीय सदस्यले हालै मात्र पार्टीमा बर्खास्त गर्न ज्ञापनपत्र बुझाएका थिए। साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो। आफूलाई भ्रष्टाचारी करार गरेर मानमर्दन गरेको भन्दै झाले मुद्दा हाल्ने तयारी गरेका हुन। 

आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार र कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गर्दै झाले आफूले अनियमितता गरेको पुष्टि भए सार्वजनिक जीवनबाटै सन्यास लिने घोषणा पनि गरेका थिए। तर, आफ्नो मान सम्मान र प्रतिष्ठामा आँच आउनु गरी बोल्नु अघि अध्ययन गर्न उनले नेताहरुलाई सचेत समेत गराए।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..