आज शेयर बजारमा समान्य अंकले गिरावट


प्रकाशित: २०७५-९-१२ गते
आज शेयर बजारमा समान्य अंकले गिरावट

काठमाडौं । बुधबार उच्च अंकले वृद्धि भएको शेयर बजार आज घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.०८ विन्दुले घटेर १ हजार २१५.१६ विन्दुमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१५ विन्दुले घटेर २५८.६६ विन्दुमा झरेको छ । बजार घटे पनि कारोवार रकममा भने सुधार आएको छ । धेरै पछि कारोवार रकम अर्बमाथि पुगेको हो । कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर १ अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद–बिक्री भएको छ ।

आज कारोवार भएका ११ उपसमूहमध्ये ३ उपसमूहको शेयर उकालो लागेको छ भने ८ उपसमूहको शेयर घटेकोछ । उत्पादन १९.१८, अन्य ११.४६ र जीवन बीमा १७०.४२ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ६.६६, व्यापार २.९६, होटल ६३.६३, विकास बैंक ५.२९, जलविद्युत ४.२९, वित्त २.२१, जीवन बीमा ४८.६७ र माइक्रोफाइनान्स २.६५ विन्दुले घटेको छ ।

घटेको बजारमा सिटिजन इन्भेस्टमेन्ट ट्रष्ट, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, समता माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल लाइफ इन्सुरेन्स, वरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाएका छन् ।







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..