नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने


प्रकाशित: २०७५-९-१२ गते
नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतको कार्यक्रम गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गरेका छन् ।

कांग्रस महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने तयारी गरेको छ ।

२०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित ८ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसलाई प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’को बृहत प्रदर्शनी प्रारम्भ
‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’को बृहत प्रदर्शनी प्रारम्भ

काठमाडौं । नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा ३ दिने बृहत प्रदर्शनी प्रारम्भ..

६ महिनादेखि बन्धक २ जना नेपाली युवतीको उद्धार
६ महिनादेखि बन्धक २ जना नेपाली युवतीको उद्धार

भारत । ६ महिनादेखि बन्धक बनाई राखिएका २ जना नेपाली युवतीलाई गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले माइती नेपाल र भा..

घुस रकमसहित खानेपानीका प्राविधिक परे अख्तियारको फन्दामा
घुस रकमसहित खानेपानीका प्राविधिक परे अख्तियारको फन्दामा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले भेरीगंगा नगरपालिकाका एक जना प्राविधिक घुस रकमसहित पक्राउ गरेको छ ।  अख्तियारको टोलीले &n..

आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन
आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन

काठमाडौँ । आमरण अनसन बसेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।   बिहिबार फागुन १ बाट धनगढीमा आमरण अनसन बसेका थारुको माग सम्बोधनका..