टिपरको ठक्करबाट दलबहादुर ठहरै, ६ जना घाइते


प्रकाशित: २०७५-९-१३ गते
टिपरको ठक्करबाट दलबहादुर ठहरै, ६ जना घाइते

काठमाडौं । बालाजुको बाइपासमा ना ७ ख ७००५ नम्बरको टिपरको ठक्करबाट ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको छ भने उनकी श्रीमती सहित ६ जना घाइते भएका छन् ।

धर्मस्थलीबाट माटो बोकेर एयरपोर्टतर्फ जाँदै गरेको उक्त टिपर बाइपास चोकमा रोकिराखेका चारवटा ट्याक्सीमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा घाइतेहरुको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । मृतककी श्रीमती सानुनानुको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।  अन्य पाँचजना ट्याक्सी चालकको अबस्था समान्य रहेको प्रहरीले बताएको छ ।


दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..

नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद
नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ जुवाखालबाट जुवाडेहरुको हुललाई नै पक्राउ गरेको छ ।  गैँडाकोट नगरपालिका –१०, भैँसाखोरीमा रहेक..

प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद
प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा भारी नगदसहित जुवाडेको हुल नै पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको नेपाल प्रहरीको टोलीले कपनका नोर्बु लामाको घरम..

सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने
सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्गले सत्तारुढ दल (ने.क.पा.) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्दै भेटवार्ता गर्दैछन..