देउवाको विकल्प शशांक कोइराला, नेतृत्व फेर्न गगनको आक्रामक तयारी


नेपाल पाना प्रकाशित: २०७५-९-१३ गते
देउवाको विकल्प शशांक कोइराला, नेतृत्व फेर्न गगनको आक्रामक तयारी

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले शेरबहादुर देउवा फेरि पार्टीको सभापति नहुने बताएका छन्। उनले आफू देउवाको विकल्प रहेको समेत संकेत गरे। 

नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै महामन्त्री कोइरालाले अर्कोपटक देउवा नै सभापति हुने बुझाई गलत भएको बताए। उनले आफूपनि सभापतिको दौडमा रहेको स्पष्ट पारे। ‘शेरबहादुरजी यति अलोकप्रिय हुनुभयो कि पार्टीभित्र विकल्प खोज्नुपर्ने अवस्था आयो’, केन्द्रीय सदस्य गगन थापाको ‘शेरबहादुर फेरि सभापतिमा उठे हराउँछौं’ भन्ने अभिव्यक्तिको व्याख्या गर्दै उनले भने, ‘अर्को सभापति देउवा हुनुहुन्न्। अब नदिने, अर्को को बन्ने भन्ने टुंगो लाग्न बाँकी छ।’

उनले डा. शेखर कोइराला र सुजाता कोइरालासँगको बैठकलाई पारिवारिक विषय भन्दै परिवार जहिले पनि एक ठाउँमा हुने बताए। रगतको कोइराला होइन विचारको कोइराला नेतृत्वमा आउनुपर्ने उनको भनाई छ। ‘सुजाता विरामी हुनुहुन्छ। हामी दुई जनामध्ये एक जना हुन्छ। नेता कार्यकर्तासँग परामर्श गरेर अघि बढ्छौं।’

यसअघि युवा नेता गगन थापाले पनि देउवा सभापतिमा उठे हराउने उद्घोष गरेका थिए। देउवालाई अब कुनै हालतमा नस्वीकार्ने उनको भनाई थियो। उनी अहिले नयाँ नेतृत्व ल्याउन सक्रिय छन्।


दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..

नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद
नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ जुवाखालबाट जुवाडेहरुको हुललाई नै पक्राउ गरेको छ ।  गैँडाकोट नगरपालिका –१०, भैँसाखोरीमा रहेक..

प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद
प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा भारी नगदसहित जुवाडेको हुल नै पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको नेपाल प्रहरीको टोलीले कपनका नोर्बु लामाको घरम..

सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने
सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्गले सत्तारुढ दल (ने.क.पा.) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्दै भेटवार्ता गर्दैछन..