बुटवलकी मुना हिताङ गत मंसिर ९ गतेदेखि सम्पर्कविहीन


प्रकाशित: २०७५-९-१३ गते
बुटवलकी मुना हिताङ गत मंसिर ९ गतेदेखि सम्पर्कविहीन

बुटवल । तीनकुनेकी मुना हिताङ मंसिर ९ गतेदेखि बेत्तपा भएकी छन् ।  

मंसिर ९ गते करिव ३ बजेतिर मिलनचोक तीनकुनेबाट बुद्धनगरमा रहेको स्कुलमा भाइलाई लिन गएकी उनी नफर्किएको बाबु सुरेश नेपालीले बताए ।

उनलाई छरछिमेक, आफन्त र वरपर खोजी गर्दासमेत पत्ता नलागेपछि गत मंसिर ११ गते मंगलबार आफन्तजन प्रहरीको समक्ष पुगेका थिए । प्रहरीले पटक पटक इलाका प्रहरी कार्यालय, बुटवलमा बोलाए पनि कुनै सन्तोषजनक सूचना दिन नसकेको परिवारको गुनासो छ ।

वेपत्ता युवतीका बाबुका अनुसार छोरीले हराएको तीनदिन पछि फोन गरेकी र फोनमा आफू सुरक्षित रहेको बताए पनि त्यसपछि कुनै सम्पर्क नभएको बताए ।

इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लका अनुसार अदालती प्रक्रियामार्फत कल डिटेल माग गरेर हेरेको तर शंकास्पद अरू कुनै पनि तरिका फेला नपरेको बताएका छन् । युवतीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

 







युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..

आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न २ जना पक्राउ परेको छ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्व..