क्रिश्चियनको प्रचारमा लागेको भन्दै कांग्रेसले संसदमै गर्यो सभामुखको भण्डाफोर, छानविन गर्न माग


नेपाल पाना प्रकाशित: २०७५-९-१३ गते
क्रिश्चियनको प्रचारमा लागेको भन्दै कांग्रेसले संसदमै गर्यो सभामुखको भण्डाफोर, छानविन गर्न माग

काठमाडौं । शुक्रबार बसेको संसद बैठकमा नेपाल कांग्रेसका सांसद एवं युवा नेता अमरेशकुमार सिंहले क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा संसदको लोगो प्रयोग गर्न दिएर संसदको अपमान गरेको बताएका छन् ।

सभामुख कृष्णबहादुर महरा एसिया प्यासिफिक सम्मेलनको एउटा सत्रको अध्यक्षता स्वयंले गरेका थिए । कतिपय देशका सभामुखहरूलाई महराले निम्तो पठाएर क्रिश्चियन धर्म प्रचारक कार्यक्रममा बोलाइदिएका थिए ।

सिंहले प्रश्न गर्दै भने ‘क्रिश्चियन धर्म प्रचारक संस्थाको एसिया प्यासिफिक कार्यक्रम संसदको लोगो प्रयोग गर्न कसले दियो ?’, उनले ‘संसदको लोगो क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा प्रयोग गर्न दिनेलाई कारबाहीको माग समेत गरेका छन् ।’

नेपाल सरकारलाई क्रिश्चियन धर्म प्रचारक संस्थाको त्यो कार्यक्रममा सहआयोजक राखिएको थियो । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खडगप्रसाद ओलीले कार्यक्रमको उदघाटन गरिदिएका थिए । ओलीकै दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल मूल आयोजक समितिको संयोजक समेत रहेका थिए ।

दक्षिण कोरियाकी मुनले कार्यक्रममा आफूलाई ‘जससी एक्ली छोरी’ घोषणा गरेकी थिइन । कार्यक्रममा होली वाइन खुवाइएको थियो ।नेपाली कांग्रेसले कार्यक्रमलाई बहिष्कार गरिदिएको थियो । क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा नेपाल सरकारलाई सहआयोजक राखेको भनेर आलोचना पनि भएको थियो ।

यसैबीच, नेपाली कांग्रेसका सांसद सिंहले चिनी मिल अहिलेसम्म नखोलेर किसानलाई मर्का पारिएको बताए । किसानको उखुको मूल्य नदिएको र चिनीमा कालोबजारी गर्न ठूलो षडयन्त्र भएको उनले बताए ।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..