क्रान्तिकारी महिलाहरुको चार महिने अभियान सुरु, पन्तको न्यायका लागि विशेष समिति बन्ने


नेपाल पाना प्रकाशित: २०७५-९-१३ गते
क्रान्तिकारी महिलाहरुको चार महिने अभियान सुरु, पन्तको न्यायका लागि विशेष समिति बन्ने

धनगढी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महाकालि ब्यूरोले चार महिने अभियान संचालन गरेको छ । अभियानको उद्घाटन शुक्रबार कञ्चनपुरबाट सुरु गरिएको ब्यूरो संयोजक ममता सुर्खेतीले जानकारी दिइन् ।

‘महिलाहरुमाथि हुने सम्पूर्ण हिंसा र उत्पीडनविरुद्ध संघर्ष, वैज्ञानिक समाजवाको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ उद्घाटन गरिएको अभियान महाकालिका चारैजिल्लामा पुग्ने सुर्खेतीले जानकारी दिइन् । अभियानको क्रममा महिलामाथि भइरहेका घरेलु हिंसाको साथै उत्पीडनविरुद्धमा जागरण ल्याउने बताइएको छ ।

संयोजक सुर्खेतका अनुसार पहिलो चरणमा एक महिना अभियानसम्म कञ्चनपुरमा चल्ने बताइएको छ । सो क्रममा निर्मला पन्तको हत्याको छानविन गर्न र न्यायको लागि एउटा समिति बनाउने निर्णय भएको छ । अभियानको क्रममा संगठन सुदृढ तथा विस्तार गर्ने आयोजकले बताएको छ ।

‘अभियान चार महिनासम्म चल्नेछ, अभियानको क्रममा महिलाहरुमाथि भइरहेको हिंसाविरुद्ध अभियानको साथै संगठन गठन र पुर्नगठन पनि हुनेछ । पहिलो चरणो अभियान एक महिना कञ्चनपुरमा चल्नेछ । सो क्रममा निर्मला पन्तलाई न्यायको पहलको लागि एउटा समिति बनाउने छौं’ संयोजक सुर्खेतीले बताइन्।


एकै पटक २३४ न्यायाधीश सरुवा
एकै पटक २३४ न्यायाधीश सरुवा

काठमाडौं । न्यायपरिषद्ले एकै पटक २३४ न्यायाधीश सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन्..

घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 
घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 

पोखरा । सडक डिभिजन कार्यालय दमौलीका अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । ..

अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...
अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । सुत्केरी हुन आएकी ३८ वर्षिय कल्पना तामाङको मृत्युपछि आफन्त..

लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ
लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध इन्जेक्सनसहित पर्सा बीरगञ्ज महानगरपालिका(१९ नगवा ६५ वर्षीय मोहन पटेल पक्राउ परेका छन् । तिघ्रामा बेरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध..