वडाध्यक्ष कुट्ने विकलाई सार्वजनिक मुद्दा


प्रकाशित: २०७५-९-१३ गते
वडाध्यक्ष कुट्ने विकलाई सार्वजनिक मुद्दा

रुकुम । रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नम्बर–२, का अध्यक्ष देवबहादुर यरीमाथि कुटपिट गर्नेलाई मुद्धा चलाएको छ ।

सोही वडाको तिल्केचौरका ३० वर्षीय देवबहादुर विकलाई पक्राउ गरेर सार्वजनिक मुद्धा चलाइएको प्रहरीले जनाएको छ । पुस ९ गते वडाको सार्वजनिक ठाउँमा सार्वजनिक विषयको कार्यक्रममै वडाध्यक्ष यरीमाथि विकले कुटपिट गरेका थिए ।

वडाअध्यक्ष माथि कुटपिट गर्ने विकविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्र्तगत मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । विकलाई पुस १० गते पक्राउ गरिएको थियो ।


एकै पटक २३४ न्यायाधीश सरुवा
एकै पटक २३४ न्यायाधीश सरुवा

काठमाडौं । न्यायपरिषद्ले एकै पटक २३४ न्यायाधीश सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा भएका छन्..

घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 
घुस रकमसहित २ जना कार्यालय परिसरबाटै पक्राउ 

पोखरा । सडक डिभिजन कार्यालय दमौलीका अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । ..

अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...
अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएपछि...

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । सुत्केरी हुन आएकी ३८ वर्षिय कल्पना तामाङको मृत्युपछि आफन्त..

लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ
लागूऔषध इन्जेक्सनसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध इन्जेक्सनसहित पर्सा बीरगञ्ज महानगरपालिका(१९ नगवा ६५ वर्षीय मोहन पटेल पक्राउ परेका छन् । तिघ्रामा बेरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध..