विनाशकारी भूकम्पको ४ बर्ष बितीसक्दा पनि अझै ६ हजार परिवार घरविहीन


प्रकाशित: २०७५-९-१४ गते
विनाशकारी भूकम्पको ४ बर्ष बितीसक्दा पनि अझै ६ हजार परिवार घरविहीन

चितवन ।  विसं २०७२ वैशाखको भूकम्पले प्रभावित सात हजार ३३५ परिवारमध्ये पाँच हजार ९८४ परिवार अझै घरविहीन अवस्थामा छन् ।  एक हजार ३५१ परिवारको मात्रै घर निर्माण भएको छ । 

भूकम्पपछिको चौथो वर्षको जाडोमा पनि घर निर्माण नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले यस वर्षको चिसो टहरामै बिताइरहनुपरेको छ । भूकम्पले जिल्लाका पहाडी क्षेत्रका बासिन्दा बढी प्रभावित भएका र तीमध्ये अधिकांश चेपाङ समुदायका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९भवन० का इञ्जिनीयर सुवास न्यौपानेका अनुसार घर निर्माणका लागि पाँच हजार ७२१ जनाले पहिलो किस्तावापतको ५० हजार लगेकामा तिनीमध्ये तीन हजार ३४१ले  एक लाख ५० हजारका दरले दोस्रो किस्ता लगेका छन् । दोस्रो किस्ता लगेकामध्ये घर निर्माण गरेका एक हजार ३५१ परिवारले थप एक लाखका दरले तेस्रो किस्ता लगेको उनले बताए । 

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० का निमित्त प्रमुख रामचन्द्र कोइरालाका अनुसार लामो समयसम्म घर निर्माण हुन नसक्नुमा कार्यालयको मात्रै भन्दा पनि स्वयं प्रभावित जिम्मेवार रहेको बताए ।  

उनले भने ंप्रभावितको आफ्नै जग्गा नहुनु, प्रथम किस्ता लिएर सम्पर्कमा नआउनु, घर बिक्री हुनु, थप अनुदान नलिने घोषणा गर्नुजस्ता कारणले समयमा सबै घर निर्माण हुन नसकेको हो ।’ 


प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि...

काठमाडौं । काठमाडौं महानगरपालिका- टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं नयाँबजार बस्ने काभ..

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..