करेन्ट लागेर एकको मृत्यु, बेवारिसे शव फेला 


प्रकाशित: २०७५-९-१४ गते
करेन्ट लागेर एकको मृत्यु, बेवारिसे शव फेला 

दाङ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार करेन्ट लागेर मृत्युहुनेमा घोराही उपमहानगरपालिका-६ चैनपुरका २८ वर्षीय शङ्कर चौधरी रहेको छ । 

घोराहीबाट जन्द्रा गाउँतर्फ जाँदै गरेको रा१ख ४६८ नं.को बस रोकेर सामान झार्ने क्रममा बसका साहु घोराही उपमहानगरपालिका-१७ बस्ने चौधरी बिजुलीको तारमा छोइएर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बेवारिसे शव फेला 

दाङको लमही नगरपालिका–५ बसपार्कमा एक पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ । नाम थर नखुलेको अन्दाजी ४५/४६ वर्षको तराईमूलका जस्तो देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । 

मृतक पुरुष केहीवर्षदेखि सोही स्थानमा मागेर खाने बस्ने गरेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..