जनकपुरमा राजपा संयोजक महतोको पुत्ला जलाइयो


प्रकाशित: २०७५-९-१४ गते
जनकपुरमा राजपा संयोजक महतोको पुत्ला जलाइयो

धनुषा । जनकपुरमा  राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुत्ला जलाइएको छ । 

संयोजक महतोले राजपा नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झालाई मनोनित गरेको विरोधमा शुक्रबार साँझ जनकपुरको जनकचोकमा पुत्ला दहन गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नं। ३ बाट महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता हुन् ।
 
अध्यक्ष मण्डलको सदस्यबाट हटाइएका देवकृष्ण मण्डलको नेतृत्व र रजपाका प्रदेश सांसद एवं प्रदेश नं। २ का सचेतक प्रमेश्वर साहको विशेष उपस्थितिमा महतोको पुत्ला दहन गरिएको छ । संयोजक महतोले पार्टीमा सक्रिय भूमिका निर्वाह गर्ने देवकृष्ण मण्डललाई अध्यक्ष मण्डलका सदस्यबाट हटाएर अर्कालाई मनपरी ढंगले मनोनित गरी पार्टी हित विपरीत काम गरेको उनीहरुको आरोप छ ।
 
विरोध प्रदर्शन गर्दै उनीहरुले सदस्य मण्डललाई हटाएको निर्णय अबिलम्ब फिर्ता लिन माग समेत गरेको छ । पुत्ला दहन कार्यक्रममा अध्यक्ष मण्डलका जिल्ला संयोजक सतिशलाल दास, राजपा जिल्ला नेता रामविनोद चौधरी पप्पु, धिरेन्द्र सिंह लगायत दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..