सडक सफा गर्दै भट्टराई भने ‘जस्तो जनता उस्तै सरकार’


प्रकाशित: २०७५-९-१४ गते
सडक सफा गर्दै भट्टराई भने ‘जस्तो जनता उस्तै सरकार’

काठमाडौं । शनिबार चक्रपथ सरसफाइमा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहभागी भएका छन्।

हातमा कुचो लिएर भट्टराई सडकका फोहोर सफा गर्दै हिडेका हुन्। चक्रपथ सरसफाइको ९० औं साता पुगेको अवसरमा गोंगबु क्षेत्रको सडकमा रहेका प्लास्टिकलगायत फोहोर उनले संकलन गरेका हुन्।

भट्टराईले भने ‘चुरोट, खैनी र पेय पदार्थ खाएर त्यसका बट्टा बाटोमा फालेको पाइयो,’  ‘जताभावी थुकेको छ ,खकार छ, सभ्य समाज दुनियामा कहीँ यस्तो गरिँदैन। नागरिक जागरुक हुनुपर्छ।’

काठमाडौंलगायत सहरमा फोहोर बढ्नुमा सरकार मात्र नभएर नागरिक पनि उत्तिकै दोषी रहेको भट्टराईले बताए। ‘घररटोलको फोहोर नागरिक वा त्यहाँका व्यवसायीले सफा गर्नुपर्छ,’ उनले भने, ‘जताभावी फोहोर फाल्नुमा सरकार र जनता दुवै दोषी छन्। जस्तो जनता उस्तै सरकार।’

कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्ने उनले बताए। ‘हामी फोहोरी हुने भनेको असभ्य हुनु हो,’ उनले भने।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..