डाटा चोर्ने चिनियाँ कम्पनीलाई ओलीले टेण्डर विनै दिए ठूलो ठेक्का, संसदमा कांग्रेसले गर्यो हंगामा


नेपाल पाना प्रकाशित: २०७५-९-१७ गते
डाटा चोर्ने चिनियाँ कम्पनीलाई ओलीले टेण्डर विनै दिए ठूलो ठेक्का, संसदमा कांग्रेसले गर्यो हंगामा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले डाटा चोर्ने कम्पनीलाई टेण्डर विना ठेक्का दिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आपत्ति जनाएको छ। मंगलवार बसेको संसद बैठकमा बोल्दै कांग्रेस सांसद अमरेशकुमार सिंहले चिनियाँ कम्पनी हुवावेलाई विना टेण्डर प्रधानमनत्री कार्यालयको वार रुम बनाउने ठेक्का दिएको भन्दै आपत्ति जनाए। उनले यसमा ठूलो भ्रष्टाचार भएको आरोप समेत लगाए। 

प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार अस्गर अलीको दबाबमा चिनियाँ कम्पनी हुवावेलाई सरकारले केही दिनअघि मात्रै वार रुमको ठेक्का दिएको छ। जसको चौतर्फी विरोध भइरहेको छ। यसैक्रममा कांग्रेस सांसद अमरेशले सुरक्षाको कुनै ख्याल नगरी डाटा चोर्ने हुवावेलाई वार रुप बनाउने ठेक्का दिएको भन्दै विरोध जनाएका हुन्। ‘डाटा चोरेको भन्दै भर्खरै क्यानडामा हुवावेकी वित्तीय प्रमुखलाई पक्राउ गरियो। अमेरिकाको एफविआई, सिआइएदेखि एनएसए लिएर तमाम संस्थाले त्यो कम्पनीलाई डाटा चोर्छ भनेर प्रतिबन्ध गरेको छ। हाम्रो देशमा प्रधानमन्त्रीकै सुरक्षा चोरी भयो भने यसको जिम्मेवार को हुनेरु’ उनले प्रश्न गरे।  उनले विना टेण्डर ठेक्का दिनु कमाउने मेलो बाहेक अरु केही नभएको बताए।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..