हेजिङ नियमावलीको मस्याैदा तयार, यस्ता परियोजनाले पाउनेछन् हेजिङ सुनिश्चितता


नेपालपाना प्रकाशित: २०७५-९-१९ गते
हेजिङ नियमावलीको मस्याैदा तयार, यस्ता परियोजनाले पाउनेछन् हेजिङ सुनिश्चितता

काठमाडौं । विदेशी मुद्राको सटहीदरमा अप्रत्याशित हेरफेर हुँदा नेपालमा गरिएको लगानी र प्रतिफल सुनिश्चित गरिदिनेगरि नेपाल राष्ट्र बैंकल हेजिङ नियमावलीको मस्याैदा तयार गरेको छ । 

अर्थमन्त्रालयमा पठाइएको सो मस्याैदा नियमावलीमा उल्लेख भएअनुसार अब १००  मेगावाटभन्दा बढी क्षमताका जलविधुत आयोजना, ५० किलोमिटरभन्दा लामा द्रुतगति क्षमताका सडक, प्रसारण लाइन र सरकारले तोकेका राष्ट्रिय महत्वका परियोजनामा अमेरिकी डलरमा आउने ऋणको हेजिङ गरिने भएको छ ।

बार्षिक झन्डै २० खर्ब रूपैयाँ हाराहारीमा नेपालले पूर्वाधार विकासमा क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ । तर आन्तरिक स्रोतबाट यो रकम जुटाउन सजिलो छैन । नेपालमा लगानीका लागि आग्रह गर्दा विदेशी लगानीकर्ताहरूले मुद्राको विनिमयमा तलमाथि देखिँदा आउनसक्ने जोखिम व्यवस्थाका लागि हेजिङ फण्डको माग गरिरहेका थिए ।

सरकारले हेजिङसम्बन्धी नियमावली भने पारित गरिसकेको छैन । तर, नेपालका परियोजनामा कुनै विदेशी लगानीकर्ताले अमेरिकी डलरमा गर्ने लगानीको हेजिङ व्यवस्था गरिन लागिएको राष्ट्र बैंकले जनाएको छ । 

यद्यपी : परियोजनामा आउने रकमको आकार र अवधिबारे भने हेजिङ नियमावलीमा खासै उल्लेख गरिएको छैन ।

 







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..