घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आइपीओ खुल्यो


नेपालपाना प्रकाशित: २०७५-९-१९ गते
घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आइपीओ खुल्यो

काठमाडौं : म्याग्दीको घलेम्दी खोलामा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दी हाइड्रो लिमिटेडले आजदेखि १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ बिक्री खुला गरेको छ ।

घलेम्दीको आइपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक भिवोर क्यापिटलले जानकारी दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले घलेम्दीको शेयरलाइ कमजोर सूचक जनाउने 'ग्रेड ५' रेटिङ गरिदिएको छ । 

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएकोमध्ये बिक्न बाँकी ४ लाख ५५ हजार ७७० कित्ता शेयरसमेत जोडेर आइपीओ निष्काशन गर्न लागेको हो । पुस २३ गतेभित्र निर्धारित कित्ता आइपीओ नबिकेमा माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । 

कुल कित्तामध्ये २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारी र ५५ हार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको घलेम्दीले जानकारी दिएको छ । सी–आस्वा प्रणालीबाट यो कम्पनीको शेयर भर्न सकिन्छ ।







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..