अजिब जिन्दगीमा गजब तमाशा : प्रेमका लागि आत्महत्या गरेका बलिउडका ७ अभिनेत्री


नेपाल पाना प्रकाशित: २०७५-९-१९ गते
अजिब जिन्दगीमा गजब तमाशा : प्रेमका लागि आत्महत्या गरेका बलिउडका ७ अभिनेत्री

एजेन्सी । हेर्दा जस्तो देखिन्छ यो जिन्दगी वास्तविकतामा त्यस्तो हुदैँन ।  यसका हजारौँ रङ हुन्छन् । बाहिर देख्दा चम्किरहनेहरु भित्र–भित्रै खोक्रो र निभेका अध्यारा मन बोकेर बाँचिरहेका हुन्छन् । 

‘रिल लाइफ’ मा सुन्दर र रंगिन जिन्दगी बाँचिरहेका फिल्म क्षेत्रका कतिपय अभिनेत्रीको ‘रियल लाइफ’ मा अध्यारो सिवाय केहि हुँदैन । देखिने र भोगिने जिन्दगी फरक–फरक हुन्छ । यसको ज्वलन्त उदाहरणको रुपमा बलिउडका केही अभिनेत्रीलाई लिन सकिन्छ । 

दर्शक र प्रशंसककाबिचमा निकै लोकप्रिय केहि अभिनेत्रीले प्रेममा धोका पाएपछि आत्महत्याको बाटो रोजेका थिए । प्रेमसम्बन्धमा दरार आएपछि र सम्बन्धले बाहिर चर्चा पाउन थालेपछि उनीहरुले संंसार त्यागेका थिए । 

चर्चित धाराबाहिक टेलिश्रृंखला ‘बालिका बधू’ बाट लोकप्रिय बनेकी अभिनेत्री प्रत्यूषा बनर्जीले झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनको मृत शरीर पंखामा झुन्डिएको अवस्थामा फेला परेको थियो । प्रेमीबाट धोका पाएपछि उनले आत्महत्या गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

उनी जस्तै अभिनेत्री जिया खानले पनि सन् २०१३ मा प्रेम सम्बन्धकै कारण उनले प्राण त्यागेकी थिइन् । अभिनेता सुजर पञ्चोलीसँग सम्बन्ध विग्रिएपछि उनले आत्महत्या गरेको बताइन्छ । 

प्रेम सम्बन्धकै कारण संसार त्याग्ने अभिनेत्रीको सूचीमा दिब्या भारती पनि हुन् । उनले १९ वर्षको उमेरमै संसार त्यागेकी थिइन् । प्रेम सम्बन्ध टुक्रिएपछि उनले ५ तले भवनबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।

त्यस्तै वोल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आत्महत्या गरेकी थिइन् । करिअर र प्रेम सम्बन्धमा समस्या आएपछि उनले यो कदम उठाएको बताइन्छ । 

बलिउडमा आत्महत्या गरेर संसार त्याग्ने अर्की अभिनेत्री हुन् विवेका बाबाजी । सन २००२ को चर्चित फिल्म ‘ये कैसी मोहब्बत’ की अभिनेत्री बाबाजीले सन् २०१० मा आफ्नै कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । 

एक्लोपन र डिप्रेसनको सिकारबाट पीडित सुन्दर अभिनेत्री पारबीन बाम्बी असीको दशककी लोकप्रिय अभिनेत्री हुन् । अत्यधिक लागुपदार्थको सेवनका कारण उनको मृत्यु भयो ।

त्यसैगरी, अभिनेत्री रुबी सिंहलाई पनि पंखामा झुन्डिएको अवस्थामा फेला पारिएको थियो । प्रेममा धोका पाएका कारण आत्महत्या गरेकी पुलिस रिर्पोटमा उल्लेख छ । 







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..