‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ भने जस्तै मोदीको जनसभामा कालो वस्तु बोक्न प्रतिबन्ध 


नेपाल पाना प्रकाशित: २०७५-९-१९ गते
‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ भने जस्तै मोदीको जनसभामा कालो वस्तु बोक्न प्रतिबन्ध 

दिल्ली । भारतको झारखण्डस्थिति पालामुमा हुने प्रधानमन्त्री मोदीको र्याली र जनसभामा स्थानीय प्रशासनले कालो वस्तु बोक्न प्रतिबन्ध लगाएको छ । मोदी सहभागि हुने जनसभा पुस २१ गते हुदैछ । 

भारतीय पत्रिका हिन्दूस्थान टाइम्सको अनलाइन संस्करणकाअनुसार, पालामुका एसपी इन्द्रजीत महताले लतेहर, पालामु, गरहवा र चतरा जिल्लाका डेपुटी कमिश्नरहरुलाई भारतीय प्रम मोदीको र्याली तथा जनसभामा सहभागी हुने कसैलाई पनि कालो लुगा लगाउन तथा कालो वस्तु बोक्न प्रतिबन्धित लगाइएको बताएका छन् ।

एसपी महताका अनुसार उक्त दिन सभामा सहभागी हुनेहरु सरकारी कर्मचारी र आम सर्वसाधारणले कडा सुरक्षा जाँच पार गर्नुपर्नेछ  । ‘सरकारी कर्मचारी तथा आम मानिसहरुलाई स्थानीय प्रशासनले सभामा सहभागि हुन आउँदा कालो लुगा, टोपी लगाउन तथा कालो रंग भएको कुनै पनि सरसामानहरु समेत बोक्न प्रतिबन्ध लगाइएको छ’ महताले भनेका छन् ।

स्थानीय पारा टिचरहरुले सो दिन गर्न सक्ने सम्भावित विरोधलाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाइएको बुझिएको छ ।  यसअघि पनि डाल्टोनगन्जमा आयोजित झारखण्डका मुख्यमन्त्री रभुवर दासको एक कार्यक्रममा त्यसै गरी कालो लुगा लगाउन तथा कालो वस्तुहरु बोक्न प्रतिबन्ध लगाइएको थियो ।







प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु
प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, पाँच जना प्रहरीको मृत्यु

काठमाडौं । भारत झारखण्डको सरायकेला खरसांवामा नक्सलवादीको आक्रमणबाट पाँचजना प्रहरीको मृत्यु भएको छ।  शुक्रबार राति नक्सलवादीले आक्रमण गरेको र त्यसमा दुई सब इन्स्पेक्टर..

भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 
भारतको झारखण्डमा माओवादी विद्रोहीले पाँच प्रहरी मारिदिए 

बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्य..

इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'
इमरान खानले तोडे कुटनीतिक मर्यादा, विश्वका नेतासामु गरेको उठबस 'भाइरल'

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वका राष्ट्रप्रमुखकै अगाडी कुटनीतिक मर्यादा तोडेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन किर्गिजस्तान पुगेका..

पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...
पुरुष सांसदले महिला सांसदलाई थप्पड प्रहार गरेपछि...

काठमाडौं । महिला सांसद फातुमा गेडीमाथि थप्पड प्रहार गर्ने पुरुष सांसद राशिद कासिम गिरफ्तारमा परेका छन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, यो घटना केन्याको..