विद्रोही समूहहरुबीच झडप,  ५० जनाको मृत्यु


रासस प्रकाशित: २०७५-९-१९ गते
विद्रोही समूहहरुबीच झडप,  ५० जनाको मृत्यु

काठमाडौं। सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ ।

सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम एचटीएस र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ ।

बुधबार नै झिमेकी प्रान्त इडलिबमा पनि यिनै दुई समूहबीच हिंसा भडकिएको थियो । सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार इडलिब विद्रोहीहरुको अन्तिम अखडा पनि हो ।

अब्जरभेटरीका प्रमुख अब्देल रहमानले इडलिब प्रान्तको उत्तर र दक्षिणपूर्वी भेगमा लडाइँ अझ तिब्र भएको बताउनुभयो । उहाँले झडपमा ४८ जनाको मृत्यु भएको पुष्टी भइसकेको बताउनुभयो । मङ्गलबार यो संख्या १९ थियो ।

एचटीएसले विद्रोही समूह नुरेद्दीन अल–जिन्कीले आफ्ना पाँच जना लडाकूको हत्या गरेको आरोप लगाएको छ । एचटीएसले जिन्की समूहका दर्जनौं लडाकूलाई गिरफ्तार गरेको जनाएको छ ।

सिरियामा सरकार विरोधी प्रदर्शन सन् २०११ मा भडकिएको थियो । उक्त प्रदर्शनलाई सरकारले निर्ममतापूर्वक दमन गरेको थियो, जसका कारण सिरियामा गृहयुद्ध प्रारम्भ भएको थियो ।

सिरियामा हाल अनगिन्ती लडाकू समूह सक्रिय छन्, र तिनीहरुलाई विदेशीहरुको पनि साथ सहयोग प्राप्त छ ।सिरियामा जारी गृहयुद्धमा हालसम्म तीन लाख ६० हजारको मृत्यु भइसकेको छ भने लाखौं सिरियाली विस्थापित भएका छन् ।


हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 
हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 

काठमाडौं । मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई पाकिस्तानले गिरफ्तार गरेपनि भारतले आतंकवादी संगठन जमात उल दावाका ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी गरेको छ ।&nbsp..

भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु
भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु

भारत । भारतकै सबै भन्दा पुरानो केशरभाई भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको डोनग्री क्षेत्रमा अविरल वर्षासँगै केशरभाई भवन भत्किएको थियो । वर्षाका भवनको संरचना कमज..

२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो
२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो

भारत । मुम्बईस्थित घाटकोपरक्षेत्रमा २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । अनुसन्धान..

भवन भत्किँदा ४० जना मानिस पुरिए
भवन भत्किँदा ४० जना मानिस पुरिए

भारत । मुम्बईमा रहेको एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन् । मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएको हो ।  भवनमा रहेका ३०(४..