रेशम चाैधरीलाई ओलीले सपथ खुवाएपछि पीडित परिवारले दिए यस्तो चेतावनी !


नेपालपाना प्रकाशित: २०७५-९-२० गते
रेशम चाैधरीलाई ओलीले सपथ खुवाएपछि पीडित परिवारले दिए यस्तो चेतावनी !

धनगढी । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई बिहीबार शपथ गराइएपछि टीकापुर घटनाका पीडितले असन्तुष्टि जनाएका छन्। टीकापुर घटनामा संलग्न भएको अभियोगमा चौधरीविरुद्ध चलाइएको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा शपथ गराएर पीडितको उपहास र कानुन उल्लंघन गरिएको पीडित बताउँछन्।

‘कानुन बनाउने थलोले नै कानुनको उल्लंघन गरेर हामीमाथि अन्याय गरेको छ’, टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदका ६६ वर्षीय बाजे जंगबहादुरले भने, ‘अदालतबाट मुद्दा किनारा लागेपछि शपथ गराएको भए हाम्रो भन्नु केही हुन्थेन। सर्वसाधारणलाई पेट्रोल छर्केर, लखेटीलेखेटी भालाले घोचेर मारेको घटनाका अभियुक्त चौधरीलाई मुद्दाका फैसला नहुँदै शपथ गराएपछि अब किन कानुन चाहियो ? भोलि अरूले कसैलाई मारेमा किन कानुन लाग्ने ?’

चुनाव जित्दैमा मान्छे मारेको अभियोग लागेकालाई छुट दिइनु न्यायसंगत नहुने उनको भनाइ छ। कानुनविद्सँग छलफल गरेर न्यायका लागि अन्तर्राष्ट्रिय अदालतसम्म गुहार्ने उनले बताए। ‘कानुनविद्सँग छलफल गरेर न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जानुपरे पनि जान्छौंं’, उनले भने। आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।


मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन
मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।   उनले बिहीबार निर्माणस्थल नि..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने
निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने

धनुषा । निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।   निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६..

चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार
चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ । शुल्क फिर्ताको माग लिएर आन्दोलित चिकित्साशास्त्रका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बुधबार बीडीएस र नर्सिङ विष..