साउदी अरबका पत्रकार खग्गोसी हत्याको मुद्दामाथि अदालती सुनुवाई शुरू


नेपालपाना प्रकाशित: २०७५-९-२० गते
साउदी अरबका पत्रकार खग्गोसी हत्याको मुद्दामाथि अदालती सुनुवाई शुरू

काठमाडौं । साउदी अरेबियाको राजपरिवारका आलोचक पत्रकार जमाल खग्गोसीको हत्या मुद्दामाथि रियादस्थित एक अदालतमा सुनुवाइ शुरू भएको छ । 

सन् २०१८ को अक्टोबर २ मा टर्किको इस्तानबुलस्थित साउदी दुताबासमा खग्गोशीको हत्या गरिएको थियो । हालसम्म उनको लाश भेटिएको छैन । खतरनाक रसायिनिक प्रतिक्रियाद्वारा पत्रकार खग्गोशीको शरिर नष्ट गरिएको हुनसक्ने आंकलन अन्तरराष्ट्रिय फरेन्सिक विज्ञहरूले गरेका छन् । 

खग्गोशीको हत्यापछि साउदी राजपरिवारले अर्को अन्तरराष्ट्रिय दबाब र आलोचना खेपिरहेको छ । खग्गोशी हत्यामा संलग्न भन्दै साउदीले ११ जना व्यक्ति पक्राउ गरेको छ । टर्कीले भने खग्गोशीको हत्या आफ्नो भूमीमा भएको जनाउँदै पक्राउ परेकालाइ सुपुर्दगी गर्न भनिरहेको छ । 

टर्कीको आग्रहलाइ बेवास्ता गर्दै साउदीले ५ जनामाथि हत्या अभियोगमा मुद्दाको सुनुवाइ शुरू गरेको हो । हालसम्म साउदीले पक्राउ परेका ११ जना व्यक्तिको परिचय खुलाएको छैन ।

 


हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 
हाफिज सईदको गिरफ्तारीप्रति भारतको आशंका, ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी 

काठमाडौं । मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई पाकिस्तानले गिरफ्तार गरेपनि भारतले आतंकवादी संगठन जमात उल दावाका ५०० आतंकवादीलाई अफगान सिमामा तालिम दिईरहेको दाबी गरेको छ ।&nbsp..

भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु
भारतकै सबै भन्दा पुरानो भवन भत्किँदा १४ जनाको मृत्यु

भारत । भारतकै सबै भन्दा पुरानो केशरभाई भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको डोनग्री क्षेत्रमा अविरल वर्षासँगै केशरभाई भवन भत्किएको थियो । वर्षाका भवनको संरचना कमज..

२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो
२० वर्षे गर्भवती छोरीले बाबुको खुट्टा ढोग्दा टाउको छिनियो

भारत । मुम्बईस्थित घाटकोपरक्षेत्रमा २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । अनुसन्धान..

भवन भत्किँदा ४० जना मानिस पुरिए
भवन भत्किँदा ४० जना मानिस पुरिए

भारत । मुम्बईमा रहेको एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन् । मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएको हो ।  भवनमा रहेका ३०(४..