संसारकै महंगा खेलाडी ब्राजिलियन स्टार नेमार


नेपाल पाना प्रकाशित: २०७५-९-२१ गते
संसारकै महंगा खेलाडी ब्राजिलियन स्टार नेमार

काठमाडौं । संसारकै महंगा खेलाडी ब्राजिलियन स्टार नेमार रहेको एक अध्ययनले देखाएको छ । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६।५ मिलियन पाउण्ड रहेको छ ।

यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे दोस्रो स्थानमा छन् । एमबाप्पेको मूल्य १९३।१ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी रहेका छन् । मेस्सीको मूल्य १८३।२ मिलियन पाउण्ड रहेको छ । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६।४ मिलियन पाउण्ड मात्र रहेको छ ।

यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ । १५१।६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाह चौथो, १३६।१ मिलियन पाउण्डसहित टोट्टनहामका कप्तान ह्यारी केन पाँचौ,  १४८।२ मिलयन पाउण्ड सहित इडेन हाजार्ड छैटौं र १२९ं।४ मिलियन पाउण्ड सहित केभिन डे ब्रुएन सातौं स्थानमा छन् । शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोनी ग्रीजम्यान र फिलिपे काउटिन्हो रहेका छन् ।


बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  
बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  

नयाँ दिल्ली । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई..

ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..