बस दुर्घटनामा ६ जना बालबालिकाको मृत्यु, १२ जना घाइते


रासस प्रकाशित: २०७५-९-२२ गते
बस दुर्घटनामा ६ जना बालबालिकाको मृत्यु, १२ जना घाइते

भारत । भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ । 

सिरमाउर जिल्लाका वरिष्ट प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा मारिने बालबालिकाहरु चारदेखि १४ वर्ष उमेरका रहेको बताए । दुर्घटनाको वास्तविक कारण अझै नखुलेको प्रहरीले जनाएको छ । 

लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाचलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । भारतमा हरेक वर्ष सडक दुर्घटनामा औसतमा एक लाख ५० हजारको मृत्यु हुने गरेको छ । 


बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  
बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  

नयाँ दिल्ली । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई..

ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..