भ्यु टावरको गफ हाँक्ने केपी ओलीकै जिल्लामा सडकको कन्तबिजोग


नेपालपाना प्रकाशित: २०७५-९-२३ गते
भ्यु टावरको गफ हाँक्ने केपी ओलीकै जिल्लामा सडकको कन्तबिजोग

दमक । पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ। त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए।

खेतका बीचमा शिलान्यास गरिएको स्तम्भको माथिल्लो भाग हराइसकेको छ। त्यहाँसम्म पुग्ने मूल सडकको कालोपत्रे योजना योजनामै सीमित छ। ‘सडकै नबनिरहेको अवस्थामा भ्यु टावर बन्ला’, स्थानीयको प्रश्न छ।

स्थानीय केशव दाहालका अनुसार त्यहाँ पुग्ने सडक बनाउन थालिएको लामो समय भए पनि काम सकिएको छैन। ‘विकासका लागि राजनीतिक नेतृत्वले इच्छाशक्ति देखाउनु स्वाभाविकै हो,’ उनले भने, ‘तर ठूला योजना आउने ठाउँमा सडक बन्नै यत्रो समय लाग्नुचाहिँ अनौठो हो।’ समयमै सडक बनाउन भन्दै स्थानीयले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन। नागरिक दैनिकमा समाचार छापिएको छ ।


वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !
वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !

काठमाडौं । वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्द..

जापान रोजगारीको कोटा बढाउदैँ 
जापान रोजगारीको कोटा बढाउदैँ 

काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ । श्रम, र..

धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !
धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !

काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ। यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन..

अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने
अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना..