भारतमा चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण


नेपालपाना प्रकाशित: २०७५-९-२३ गते
भारतमा चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

नयाँदिल्ली । भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । 

आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो । 

आइतबार नै नयाँदिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि बनारस विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । यो विमान हङकङबाट १४० भन्दा बढी यात्रु बोकेर उडिरहेको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् । 

स्पाइसजेटका प्रवक्ताले पाइलटले एक नम्बर इन्जिनमा न्यून परिमाणमा इन्धन आपूर्ति भएको थाहा पाउनासाथ बनारस विमानस्थलमा आपतकालीन अवतरण गराएको बताए । 

शनिबार राति, एयर इन्डियाको विमानबाट इन्धन चुहिन थालेपछि कोलकोता विमानस्थलमा आपतकालीन स्थिति घोषणा गरिएको थियो । बैंककबाट नयाँदिल्ली उडानमा रहेको एयर इन्डियाको उडान नं. एआई–३३५ विमानमा राति १०ः३५ मा प्राविधिक गडबडीको आशंका गरिएको थियो । यो घटनामा कुनै यात्रु घाइते भएका छैनन् । 

एयर इन्डियाको वक्तव्यमा पूर्व सावधानीका लागि विमानलाई कोलकाता विमानस्थलमा अवतरण गराउनुपरेको उल्लेख छ । विमानका यात्रुलाई अर्को विमानमा राखेर राति साढे दुई बजे नयाँदिल्ली पु-याइएको थियो । 

शनिबार, कोलकोता–चेन्नाइ इन्डिगो विमान पनि उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि पुनः चेन्नाइ फर्किएको थियो । विमानमा सामान्य खराबी देखिएको तर आपतकालीन स्थिति घोषणा नगरिएको इन्डिगोले जनाएको छ । 


कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?
कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मामिलाबारे पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन कुराकानी गरेका छन् । जम्मु–कश्मीरलाई लिएर भा..

अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु
अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु

काठमाडौं । अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु बाढिका कारण भारतको उत्तराखण्डमा १७ जनाको मृत्यु भएको छ भने हिमाचलमा पहिरो जाँदा २४ जनाको मृत्यु भ..

भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !
भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग भएको परमाणु हतियारबारे त्रस्त हुँदै अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागेका छन् ।  विधुतीय सामाजिक सञ्जाल ट्वीट..

आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती
आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती

अफगानिस्तान । राजधानी काबुलमा भईरहेको एक विवाह समारोहमा आत्मघाती बम आक्रमण भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले पछिल्लो हमलामा कैयौं मानिसको ज्यान गएको जनाएको छ । ..