बागबजारमा आगलागी हुँदा नौ पसल जलेर नष्ट , एक जना प्रहरी नियन्त्रणमा


नेपालपाना प्रकाशित: २०७५-९-२३ गते
बागबजारमा आगलागी हुँदा नौ पसल जलेर नष्ट , एक जना प्रहरी नियन्त्रणमा

डडेल्धुरा - डडेल्धुराकाे सदरमुकाम बागबजारमा आगलागी हुँदा नौ पसल जलेर नष्ट भएका छन् भने एक जना प्रहरी नियन्णमा परेका छन्। गएराति लागेकाे अागाेले लाखाै धनमालकाे क्षति भएकाे छ।

सदमुकामको अमरगढी नगरपालिका ५ मुख्य बजार बागबजारको बगरकोट रोडमा मध्यराती साढे १२ बजे आगलागी भएको जिल्ला प्रहरी कार्याल डडेल्धुराले जनाएकाे छ।  उक्त आगलागीले व्यापारी संशकित भएका बेला आगो लगाउने एक जनालाई पक्राउ गरिएकाे प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

पक्राउ परेकाको नाम ठेगाना प्रहरीले नखुलाए पनि आगलागी पीडितको आफन्त नै रहेको बताएको छ। उनले आगो लगाएको प्रहरी सामु स्वीकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए। दुई साताभित्र यस बागबजार क्षेत्रमा दिनहुँ आगलागीका घटना हुने गरेकाे छ।

आगलागी करिब २ घण्टा पछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो। सधै जसो आगलागीका घटना हुनु रहस्यमय भएको स्थानीय व्यापारीहरुले ठम्याई छ। उच्च सुरक्षा सतर्कता अपनाउन व्यापारीहरुले माग गरेका छन।


‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’
‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फिर्ता भइसक्दा पनि विभिन्न संचारमा समाचारले प्राथमिकता पाइरहेको छ ।  नेपाली मिडियाले भ्रमणक..

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र..

मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड

कैलाली । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।  पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे ह..

सरकार यात्रामा अवरोध गरे खरानी हुन्छ : विप्लव (विज्ञप्तीसहित)
सरकार यात्रामा अवरोध गरे खरानी हुन्छ : विप्लव (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ती जारी गर्दै आफ्नो नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको भन्दै सरकारलाई कडा चेतावनी दिएका छन् ।  आफूह..