पृथ्वी जयन्तीको विदा माग्दै विद्यार्थीले घेरे गृहमन्त्री थापालाई


नेपाल पाना प्रकाशित: २०७५-९-२३ गते
पृथ्वी जयन्तीको विदा माग्दै विद्यार्थीले घेरे गृहमन्त्री थापालाई

काठमाडौं– राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म जयन्तीमा सार्वजनिक विदाको माग गर्दै विद्यार्थीहरुले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सोमबार गृहमन्त्री थापालाई उनकै कार्यकक्षमा भेटेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिन माग गरेका हुन्। भेटमा उनीहरुले ज्ञापनपत्र समेत बुझाएका छन्।

सरकारले १५ दिन विदा थप्ने तयारी गरिरहँदा पृथ्वी जयन्ती छुटाएको भन्दै उनीहरुले गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका थिए। नेपालीलाई नेपाली हुनुको गर्व सहित नाम र पहिचान दिएका राष्ट्र निर्मातालाई राज्यको तर्फबाट सम्मान हुनुपर्ने विद्यार्थीहरुको माग छ। 

संगठनका अध्यक्ष महेशबहादुर सिंह नेतृत्वको संगठनले राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन माग समेत गरेको छ। माउ पार्टी राप्रपाले पनि सार्वजनिक विदा दिन र औचापरिक रुपमै राष्ट्रिय एकता दिवस मनाउन सरकासँग माग गरेको थियो।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..